९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

सीट बाँडफाँड टुंग्याउन गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै



काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि सीट बाँडफाँड गर्न सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले चुनावी तालमेल र सीट बाँडफाँडका विषयमा छलफल गरेको थियो। सीट संख्यामा लगभग सहमति भए पनि निर्वाचन क्षेत्रका विषयमा टुंगो लगाउन बाँकी रहेको कार्यदलका सचिव केशवराज जोशीले बताए ।

कार्यदलले प्रतिनिधिसभा र प्रदेश सभाका सीट संख्यासँगै निर्वाचन क्षेत्रबारे पनि छलफल गरिरहेको छ । कुन निर्वाचन क्षेत्रमा कुन दलको उम्मेदवार उठाउने भन्ने विषयमा छलफल भएको जनाइएको छ ।

२०७४ सालमा पाएको मत र स्थानीय चुनावको अवस्थालाई हेरेर कुन क्षेत्रमा कुन दल बलियो छ भन्ने एकीन गर्न लागिएको छ । त्यसकै आधारमा निर्वाचन क्षेत्र बाँडफाँड गरिँदै छ ।

आज सीट बाँडफाँड टुंगो लगाउने गरी कार्यदलको बैठक बोलाइएको सचिव जोशीले बताए । उनका अनुसार आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बस्नेछ ।

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  ९ : ४० बजे

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

मुस्ताङ । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

हेटौंडा । मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जल सतह बढ्न

त्रिभुवन राजपथमा पालैपालो सवारीसाधन सञ्चालन

हेटौंडा । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग

एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान पराजित

काठमाडौं। जापानमा भइरहेको २०औं एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले विजयी

आगामी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि अझै बढ्ने

काठमाडौँ । मौसमविद् राजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी