२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

सीट बाँडफाँड टुंग्याउन गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै



काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि सीट बाँडफाँड गर्न सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले चुनावी तालमेल र सीट बाँडफाँडका विषयमा छलफल गरेको थियो। सीट संख्यामा लगभग सहमति भए पनि निर्वाचन क्षेत्रका विषयमा टुंगो लगाउन बाँकी रहेको कार्यदलका सचिव केशवराज जोशीले बताए ।

कार्यदलले प्रतिनिधिसभा र प्रदेश सभाका सीट संख्यासँगै निर्वाचन क्षेत्रबारे पनि छलफल गरिरहेको छ । कुन निर्वाचन क्षेत्रमा कुन दलको उम्मेदवार उठाउने भन्ने विषयमा छलफल भएको जनाइएको छ ।

२०७४ सालमा पाएको मत र स्थानीय चुनावको अवस्थालाई हेरेर कुन क्षेत्रमा कुन दल बलियो छ भन्ने एकीन गर्न लागिएको छ । त्यसकै आधारमा निर्वाचन क्षेत्र बाँडफाँड गरिँदै छ ।

आज सीट बाँडफाँड टुंगो लगाउने गरी कार्यदलको बैठक बोलाइएको सचिव जोशीले बताए । उनका अनुसार आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बस्नेछ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ९ : ४० बजे

बबईमा डुबेर दाजुभाइको मृत्यु

तुलसीपुर । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ

सन्दीपको मुद्धाको आजपनि पेसी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनवाई आज हुदै छ

लखनउमाथि दिल्ली १९ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

काठमाडौं । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८

आजको मौसम : भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव हट्यो

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको