३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

नेपालगन्ज उपमहानगरले थाल्यो छाडा पशु चौपाय ब्यवस्थापनको पहल



नेपालगन्ज । नेपालगन्जमा छाडा पशु चौपायको समस्या समाधानका लागि पहल अघि बढाइएको छ । नेपालगन्ज उपमहानगरपालिकाले बिहिवार सर्वपक्षीय बैठक आयोजना गरि छाडा पशु चौपायको दीर्घकालिन र अल्पकालिन समाधानका लागि योजना अघि बढाएको हो ।

बैठकको निर्णय अनुसार यहि भदौं महिनाभित्र पशु चौपाया (गाई, गोरु, गधा, खच्चड, घोडा, बंगुर) सडकमा छाडा नछोडन आग्रह सहित माईकिङ सहितको प्रचारात्मक कार्यक्रम चलाइने भएको छ । भदौं मसान्तपछि पशु चौपाया छाडा छोडनेलाई कारवाही गर्ने र यसरी छोडिएका पशु चौपायलाई राख्नका लागि अस्थायी संरचना बनाएर ब्यवस्थापन गरिने नगर प्रमुख प्रशान्त विष्टले बताए । छाडा पशुु चौपायका कारण नगरको ट्राफिक ब्यवस्थापनमा असहजता भएको र दुर्घटना पनि बढेको भन्दै नगर प्रमुख विष्टले सडकमा छाडा छोडिएका पशु चौपायलाई अन्यत्र राखेर अल्पकालिन ब्यवस्थापनमा तत्काल जुटेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले सीमा पारीबाट छाडा पशु चौपाय आउन नदिनका लागि सीमा कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिइने बताए । ट्राफिक ब्यवस्थापन र नगरको सौन्दर्यताका लागि छाडा पशु चौपायको ब्यवस्थापन आवश्यक भएको उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले छाडा पशु चौपायको ब्यवस्थापनका लागि अन्तर पालिका समन्वय गरी सबैको सहकार्य र समन्वय आवश्यक भएको बताए ।

नेपालगंजमा छाडा छोडिएका मध्ये गाईगोरुलाई नियन्त्रणमा लिएर कांजीहाउसमा राखेपनि लिन कोही नआउने कांजीहाउसका कर्मचारीको भनाई छ । गधा, खच्चड र घोडा भने जरिबाना तिरेर पनि चौपायाधनीले लैजाने गरेको कर्मचारीहरुले बताए ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ९ : ४५ बजे

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको

कामी रिता शेर्पाको ३२ औँ सगरमाथा आरोहण, फेरि तोडे आफ्नै विश्व कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध आरोही कामी रिता शेर्पाले संसारको सर्वोच्च शिखर

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

सार्वजनिक स्रोत-साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र

मुस्ताङबाट झण्डै छ सय कार्टुन विद्युतीय चुरोट ‘भेप’ बरामद

मुस्ताङ । नेपाल-न उत्तर कोरलानास्थित लोमान्थाङ-१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ