८ पुस २०८२, मंगलबार | December 23, 2025

नेपालगन्ज उपमहानगरले थाल्यो छाडा पशु चौपाय ब्यवस्थापनको पहल



नेपालगन्ज । नेपालगन्जमा छाडा पशु चौपायको समस्या समाधानका लागि पहल अघि बढाइएको छ । नेपालगन्ज उपमहानगरपालिकाले बिहिवार सर्वपक्षीय बैठक आयोजना गरि छाडा पशु चौपायको दीर्घकालिन र अल्पकालिन समाधानका लागि योजना अघि बढाएको हो ।

बैठकको निर्णय अनुसार यहि भदौं महिनाभित्र पशु चौपाया (गाई, गोरु, गधा, खच्चड, घोडा, बंगुर) सडकमा छाडा नछोडन आग्रह सहित माईकिङ सहितको प्रचारात्मक कार्यक्रम चलाइने भएको छ । भदौं मसान्तपछि पशु चौपाया छाडा छोडनेलाई कारवाही गर्ने र यसरी छोडिएका पशु चौपायलाई राख्नका लागि अस्थायी संरचना बनाएर ब्यवस्थापन गरिने नगर प्रमुख प्रशान्त विष्टले बताए । छाडा पशुु चौपायका कारण नगरको ट्राफिक ब्यवस्थापनमा असहजता भएको र दुर्घटना पनि बढेको भन्दै नगर प्रमुख विष्टले सडकमा छाडा छोडिएका पशु चौपायलाई अन्यत्र राखेर अल्पकालिन ब्यवस्थापनमा तत्काल जुटेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले सीमा पारीबाट छाडा पशु चौपाय आउन नदिनका लागि सीमा कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिइने बताए । ट्राफिक ब्यवस्थापन र नगरको सौन्दर्यताका लागि छाडा पशु चौपायको ब्यवस्थापन आवश्यक भएको उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले छाडा पशु चौपायको ब्यवस्थापनका लागि अन्तर पालिका समन्वय गरी सबैको सहकार्य र समन्वय आवश्यक भएको बताए ।

नेपालगंजमा छाडा छोडिएका मध्ये गाईगोरुलाई नियन्त्रणमा लिएर कांजीहाउसमा राखेपनि लिन कोही नआउने कांजीहाउसका कर्मचारीको भनाई छ । गधा, खच्चड र घोडा भने जरिबाना तिरेर पनि चौपायाधनीले लैजाने गरेको कर्मचारीहरुले बताए ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ९ : ४५ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना