२० मंसिर २०८२, शनिबार | December 6, 2025

करातेः प्रिन्स सेमिफाइनलमा



काठमाडौं । बागमती प्रदेशका प्रिन्स देउला चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष/महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष ४० केजीमुनि शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । सोही स्पर्धामा मधेश प्रदेशका अंकितकुमार ठाकुर तथा बागमतीका निरोज दुधराज र अर्जुन भुजेलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

नेपाल आईएफकेके संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष ४५ केजीमुनि लुम्बिनी प्रदेशका दिनेशकुमार पत्थरकत, बागमतीका अनिल तामाङ, प्रदेश १ का विजय राई, मधेशका अनमोल माझी, बागमतीका सन्जिव बस्नेत, मधेशका महेन्द्र बोहरा र बागमती प्रभात तामाङ क्वाटरफाइनलमा पुग्न सफल भए ।

प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहको आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमा ४ तथा महिलामा ३ गरी ७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

कुल पुरस्कार राशी १ लाख ७५ हजार रुपैयाँ रहेको ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए । प्रत्येक स्पर्धामा शीर्ष चार स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता आज (सनिवार)सम्पन्न हुनेछ ।

 

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ८ : ५१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय