१६ श्रावण २०८३, शनिबार | August 1, 2026

आजको मौसम : देशका केही भागमा भारी वर्षाको सम्भावना



काठमाडौं । मनसुनी वायुको प्रभावले आज पनि देशका केही भू-भागमा भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ । जसले गर्दा देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विज्ञागले जनाएको छ ।

त्यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको आकलन छ । बाढी र पहिरो आउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  ८ : ०५ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई