१६ श्रावण २०८३, शनिबार | August 1, 2026

पूर्वमन्त्री पोखरेल भन्छन्- साहुकारले पीडितका परिवारबाट नाजायज फाइदासमेत उठाइरहेका छन्



महोत्तरी । पूर्वमन्त्री गिरिराजमणि पोखरेलले मिटरब्याजीहरुले प्रतिकूल परिस्थिति बनाएर पीडितका छोरीचेलीमाथि पनि शोषण गरिरहेको बताएका छन् । शनिबार भंगाहा नगरपालिकामा मिटरव्याजी पीडितहरूको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनल यस्तो बताएका हुन् ।

उनले साहुकारहरुले विपन्न नागरिकलाई दिएको पीडालाई महसुस गरी सदनमा पनि पीडितहरुको विषयमा आवाज उठाएको बताए । ‘हामीले आवाज उठाएपछि सरकारले मिटरव्याजीलाई अपराधीको सूचीमा राखेको छ,’ उनले भने, ‘मिटरब्याजीहरूको अत्याचारको विषयमा डटेर लागिपरेका छौं ।’

नेता पोखरेलले अदालतको फैसलाप्रति पनि प्रश्न उठाए । अदालतबाट फैसला गर्दा पीडित झन् पीडित भएको भन्दै उनले ध्यानाकर्षण गराए । उनले अदालतको फैसलाका कारणले पीडितहरू साहुकारबाट भाग्नुपर्ने अवस्था आएको भन्दै अदालतलाई निष्पक्ष फैसलाको लागि आग्रह गरे ।

मिटरव्याजीहरूको विषयमा सदन र मिडियाबाट निक्कै आवाज उठेपछि सरकारले अहिले देशैभरिका पीडितहरुलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न अनुरोध गरेको छ । मिटरव्याजी पीडित संघर्ष समितिका अनुसार देशभर १० औं हजार पीडित भए पनि अहिलेसम्म २३ सयले मात्र आवेदन दिएका छन् ।

 

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  १० : ४७ बजे

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम