१५ माघ २०८२, बिहिबार | January 29, 2026

पूर्वमन्त्री पोखरेल भन्छन्- साहुकारले पीडितका परिवारबाट नाजायज फाइदासमेत उठाइरहेका छन्



महोत्तरी । पूर्वमन्त्री गिरिराजमणि पोखरेलले मिटरब्याजीहरुले प्रतिकूल परिस्थिति बनाएर पीडितका छोरीचेलीमाथि पनि शोषण गरिरहेको बताएका छन् । शनिबार भंगाहा नगरपालिकामा मिटरव्याजी पीडितहरूको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनल यस्तो बताएका हुन् ।

उनले साहुकारहरुले विपन्न नागरिकलाई दिएको पीडालाई महसुस गरी सदनमा पनि पीडितहरुको विषयमा आवाज उठाएको बताए । ‘हामीले आवाज उठाएपछि सरकारले मिटरव्याजीलाई अपराधीको सूचीमा राखेको छ,’ उनले भने, ‘मिटरब्याजीहरूको अत्याचारको विषयमा डटेर लागिपरेका छौं ।’

नेता पोखरेलले अदालतको फैसलाप्रति पनि प्रश्न उठाए । अदालतबाट फैसला गर्दा पीडित झन् पीडित भएको भन्दै उनले ध्यानाकर्षण गराए । उनले अदालतको फैसलाका कारणले पीडितहरू साहुकारबाट भाग्नुपर्ने अवस्था आएको भन्दै अदालतलाई निष्पक्ष फैसलाको लागि आग्रह गरे ।

मिटरव्याजीहरूको विषयमा सदन र मिडियाबाट निक्कै आवाज उठेपछि सरकारले अहिले देशैभरिका पीडितहरुलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न अनुरोध गरेको छ । मिटरव्याजी पीडित संघर्ष समितिका अनुसार देशभर १० औं हजार पीडित भए पनि अहिलेसम्म २३ सयले मात्र आवेदन दिएका छन् ।

 

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  १० : ४७ बजे

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय