१० असार २०८३, बुधबार | June 24, 2026

महाअभियोग सिफारिस समितिले सक्यो चोलेन्द्र शमशेरको बयान



काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान सकेको छ ।

गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा परेका जबरासँग १५ भदौबाट प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले बयान लिएको हो । जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो ।

मंगलबार ८ वटा प्रश्नको जवाफ लिएसँगै समितिले जबरासँगको बयान सकेको हो । पाँच दिन दिएको बयानका क्रममा आफूमाथि लगाइएको महाअभियोग प्रस्तावको औचित्य नै सकेको दाबी गर्दै उनले सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञमाथि विभिन्न आक्षेपसमेत लगाएका छन् ।

उनले आक्षेपलगायतका व्यक्तिहरुलाई पनि छलफलका लागि बोलाउने मंगलबार नै समितिले निर्णय गरेको छ ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  ३ : ३६ बजे

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको