३ असार २०८३, बुधबार | June 17, 2026

उम्मेदवार फेर्न अवसरै अवसर



काठमाडौं । एक महिनासम्म पनि प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँट गर्न नसकेका सत्ता गठबन्धनआबद्ध पाँचै दललाई भागबन्डा मिलाउन दबाब बढ्दै गएको छ ।

नेकपा एमालेसहितका अन्य दल पनि निर्वाचनमा विपक्षी गठबन्धन तयारीमा छन् । निर्वाचन आयोगले तय गरेको समानुपातिक निर्वाचन कार्यक्रममा गठबन्धनसँगै अन्य दलले समेत प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको अघिल्लो दिन अर्थात् २२ असोजसम्म समानुपातिकतर्फको उम्मेदवार हेरफेर गर्ने घुमाउरो अवसर पाएका छन् ।

आयोगले समानुपातिकतर्फको बन्दसूची बुझाउन २ र ३ असोजको समय निर्धारण गरेपछि दलहरूलाई प्रत्यक्षतर्फको सिटको भागबन्डा टुंग्याउन एकातर्फ दबाब बढेको हो भने अर्कातर्र्फ सो दिनमा सबै दलले उम्मेदवारको नाम बुझाए पनि २२ असोजसम्म हेरफेर गर्न बाटो पाएका हुन् ।

प्रत्यक्षतर्फका सिटमा भागबन्डा नटुंगिएपछि समानुपातिक उम्मेदवार छनोट गर्न गठबन्धनभित्र अन्योल छ । गठबन्धन हुँदा प्रत्यक्षतर्फ उम्मेदवारको भाग नपाएकालाई आन्तरिक रूपमै मिलाउन पनि दलहरूले समानुपातिक बन्दसूची समेट्नैपर्ने बाध्यता छ ।

तर, समानुपातिकतर्फको सूची संशोधनका लागि आयोगले दलहरूलाई घुमाउरो रूपमा निर्वाचन कार्यक्रममा अवसर पनि दिएको छ । आयोगले समानुपातिकतर्फको बन्दसूचीमा नाम समावेश व्यक्तिलाई प्रत्यक्षतर्फ भने उम्मेदवार बन्न रोक लगाएको छ ।

आयोगले तोकेको त्यो समय भनेको २ र ३ असोज नै हो । आयोगले समानुपातिकको बन्दसूची बुझाएपछि दलहरूलाई बन्दसूची छानबिन गरी सच्याउन ४ देखि ९ असोजसम्मको समय दिएको छ ।

यसैगरी, बन्दसूची संशोधनका लागि आयोगले दलहरूलाई १० देखि १६ असोजसम्मको समय निर्धारण गरिदिएको छ ।

त्यस्तै, बन्दसूचीमा परेका तर उम्मेदवार बन्न नचाहने व्यक्तिले आफ्नो नाम फिर्ता लिन चाहेमा १७ असोजमा फिर्ता लिन सक्ने आयोगले जनाएको छ । सो’ आयोगले दलहरूलाई सोही दिन नै जानकारी दिने कार्यक्रम छ ।

यसरी रिक्त हुन आउने स्थानमा दलहरूले सोही समूहमा अर्को उम्मेदवारलाई मनोनयन गर्न सक्नेछन् । यसका लागि २० देखि २२ सम्मको समय आयोगले दिएको छ । दलहरूले समानुपातिकमा उम्मेदवार फेर्न यो समय भरमग्दुर प्रयोग गर्ने अवस्था बन्दै गएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले २ र ३ असोजमा समानुपातिक निर्वाचन कार्यक्रमको बन्दसूची बुझाएका दलले निर्धारित कार्यक्रमअनुसार अघि बढ्न पाउने जानकारी दिए ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी पाँच दल आबद्ध छन् । उनीहरूबीच एक महिनादेखि प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको सिट बाँडफाँट प्रयास हुँदै आएको छ । तर, कुरा मिल्न सकेको छैन ।

एमालेसहितका दल पनि गठबन्धनको आन्तरिक तयारीमा रहे पनि ‘कुनकुन दलबीचमा गठबन्धन हुने ?’ भन्ने टुंगो छैन ।

सत्ता गठबन्धन बैठकमा भने कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गर्दै आइरहेका छन् ।

२०७४ मा प्रत्यक्षतर्फ कांग्रेसका २३, माओवादीका ३६, एकीकृत समाजवादीका १३, जसपाका १० र जनमोर्चाका १ गरी ८३ सिट छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ७ : ३७ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ