१६ श्रावण २०८३, शनिबार | August 1, 2026

रेविजविरुद्धको खोप सञ्चालन



झापा । सामुदायिक कुकुरको सङ्ख्या न्यूनीकरण गर्दै लैजाने योजनाअनुसार अर्जुनधारा नगरपालिकाले यस वर्ष दुई सयवटा कुकुरको बन्ध्याकरण गरेको छ । बन्ध्याकरण गरिएका कुकुरमा अधिकांश हुर्किदो छाउरा छन् ।
नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाले विगत तीन वर्षदेखि नगर क्षेत्रमा रहेका सामुदायिक कुकुरको बन्ध्याकरण शिविर चलाउँदै आएको छ । कुकुरलाई रेविज रोगविरुद्ध खोपसमेत लगाइने गरिएको छ ।
पोखराको हिमालयन एनिमल रेस्क्यू ट्रस्ट (हार्ट) नेपालसँगको सहकार्यमा बन्ध्याकरण र खोप कार्यक्रम एकसाथ सञ्चालन भइरहेको शाखाका प्रमुख पदमलाल राईले बताए । सोमबार सुरु भएको अभियान मङ्गलवार सम्पन्न भएको थियो ।
गाउँ-सहरमा जताततै सामुदायिक कुकुरको सङ्ख्या बढ्दै गएको र घरपालुवा कुकुरको रेखदेख घरधनीले गरे तापनि सामुदायिक कुकुर नियन्त्रण बाहिर रहने गरेका कारण बन्ध्याकरण गर्नुपरेको नगरपालिकाले जनाएको छ । कुकुरले टोकेमा मानिस र पशुमा रेबिज रोग सङ्क्रमण हुने त्रास बढ्दो छ । सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण उपयुक्त उपाय हुने भएकाले अभियान चलाइएको उनले बताए ।
शिविरमा पशु चिकित्सक सोनिया गुरुङ, सुदिप्पी पनेरु र हिमांशु पोखरेलको नेतृत्वमा कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाइने कार्य भएको थियो । बन्ध्याकरणले कुकुरको सङ्ख्या घटाउन सहयोग पुग्ने र खोपबाट रेविज रोग लाग्नै नपाउने अपेक्षा गरिएको छ । गत वर्ष अर्जुनधारा नगरपालिकामा रेविजकै कारण एक व्यक्तिको मृत्यु भएको थियो भने गाईवस्तुसमेत मरेका थिए ।
प्राविधिक सहयोग पु¥याउँदै आएको हार्टले झापाको अर्जुनधारासहित विर्तामोड र भद्रपुर नगरपालिकासँगको सहकार्यमा यस वर्ष छ सयभन्दा बढी सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउने लक्ष्य लिएको बताइएको छ ।

 

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ९ : ३९ बजे

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा, राजदूत चाङले जारी गरे सन्देश

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष

धनुषा र सिरहाको लहानमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा