९ असार २०८३, मंगलबार | June 23, 2026

चोलेन्द्रलाई बयानमा हस्ताक्षर गराईदै, पुरक प्रश्न सोध्न नहुने एमालेको अडान



काठमाडौं । निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई पुरक प्रश्न नसोध्न महाअभियोग सिफारिस समितिमा रहेका एमाले सांसदहरुले माग गरेका छन् ।

समितिले आज जबरालाई समितिमा बोलाएर पुरक प्रश्न सोध्ने तयारी गरेपछि एमालेका सांसदहरुले त्यसमा असहमति जनाएका हुन् ।
एमाले सांसदहरु कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फेले जबरालाई थप प्रश्न सोध्न आवश्यक नरहेको जिकिर गर्दै आवश्यक कागजात संकलन गर्नुपर्ने जिकिर गरेका छन् ।

तर सत्तारुढ गठबन्धनका सांसदहरुले भने जबरालाई पुरक प्रश्न सोधेर आजै प्रतिवेदन तयार गर्ने तयारीमा रहेका छन् ।

अहिले जबरालाई यसअघि उनले दिएको बयानमा हस्ताक्षर गराईंदै छ ।

भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा प्रतिवेदन पेश गर्नेगरी अघि बढ्ने तयारी छ ।

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  १० : ४५ बजे

तिलोत्तमामा नेवारी परिकार बनाउने प्रशिक्षण सम्पन्न

तिलोत्तमा । नेवाः देय् दबु तिलोत्तमाको आयोजनामा सञ्चालित १० दिने

तातो दिन नघटेपछि नेपालगन्जमा पुनः ३ दिन गर्मी विदा

नेपालगन्ज । अत्याधिक गर्मी र तातो लहरको प्रकोप बढेपछि नेपालगन्ज

चीनमा भारी वर्षाका कारण नौ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द

गुईझोउ (चीन) । दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागहरूमा भएको

बुटवल उपमहानगरका इन्जिनियर सुमन श्रेष्ठ रास्वपाको महाधिवेशनमा

बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यरत इन्जिनियर सुमन श्रेष्ठको राष्ट्रिय स्वतन्त्र

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका