८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

अब बुटवल–गोरुसिङ्गे–चनौटा सडक ४ लेनको बन्ने



काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चनौटा सडक चार लेनमा स्तरोन्नति हुने भएको छ ।

विश्वबैंक तथा नेपाल सरकारको संयुक्त लगानीमा ६९ किलोमिटर लम्बाइको सडक आगामी वर्षबाट निर्माण अघि बढाइने सडक विभागले जनाएको छ ।

यो सडकको लागत ३२ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । सडक एक सय किमी प्रतिघण्टाको गति सवारी साधन गुड्ने हुने र सडक सुरक्षा तथा वातावरणीय संरक्षणमा विशेष जोड दिइने विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए ।

सात पुल निर्माण गरिने र त्यसमध्ये केही पुल आधुनिक प्रविधि र आकर्षक हुने उनले बताए। थापाले भने, “बुटवलमा तिनाउ नदीमा सिग्नेचर पुल निर्माण हुनेछ ।” सडक निर्माणका लागि थप जग्गा अधिग्रहण गर्न नपर्ने भए पनि केही पसल र घरका भाग हटाउनुपर्ने हुनसक्ने महानिर्देशक थापाले बताए ।

सडक स्तरोन्नतिका लागि हाल विश्वबैंक र सरकारबीच आर्थिक सम्झौता हुने चरणमा रहेको छ । सो सडक सन् २०२३ नोभेम्वरमा सुरु भएर सन् २०२६ को नोभेम्वरमा सम्पन्न हुने अनुमान गरिएको छ ।

कूल ३०५ मिलियन ३८ अर्ब रकम रहेको ‘अक्सेलरेटिङ ट्रान्सपोर्ट एण्ड ट्रेड कनेक्टिभिटी इन साउथ एशिया–नेपाल फेज १’ अन्तर्गत सडक स्तरोन्नती गर्न लागिएको हो । यसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा भूसंरक्षण विभाग आबद्ध रहनेछन् । विश्वबैंकले विभिन्न राजमार्गको स्तरोन्नतिका लागि सरकारलाई ऋण सहयोग उपलब्ध गराउँदै आएको छ ।

सरकारले पूर्व–पश्चिम राजमार्गलाई एशियाली राजमार्गको स्तरोन्नति गरिरहेको छ । चार लेन सडक विस्तार गरी आधुनिक पुलसँगै ‘अण्डर पास’, ‘ओभर पास’ लगायतको निर्माण अघि बढाइएको छ । वन क्षेत्र हुँदै सडकपर्ने स्थानमा वन्यजन्तुमैत्री सडक निर्माण भइरहेको छ । विभिन्न खण्डमध्ये कतै सडक निर्माणाधीन र कतै निर्माणमा जाने चरणमा रहेका छन् ।

रासस

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  १२ : २५ बजे

नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरू नयाँदिल्लीमा

नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

सुर्खेत । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ