४ आश्विन २०८३, आइतबार | September 20, 2026

भोलि मध्यराति १२ बजेबाट संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय



काठमाडौं । चालु संसदको अधिवेशन भोलि राति १२ बजेबाट अन्त्य हुनेभएको छ । यससँगै २०७४ मंसिरमा भएको निर्वाचनबाट गठित प्रतिनिधिसभाको कार्यकाल समाप्त भएको छ ।

निर्वाचन आयोगले आइतबार आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपाति निर्वाचन प्रणालीअन्तर्गत बन्द सूची बुझाउने दिन तोकेपछि भोलि मध्यरातबाट संघीय संसदको अधिवेशन अन्त्य हुनलागेको हो । मन्त्रिपरिषद्को आज बसेको बैठकले असोज १ गते राति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

प्रतिनिधिसभाको कार्यकाल समाप्त भएपनि संविधानअनुसार संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा भने अविच्छिन रहनेछ ।

दलहरुबीच संसदको कार्यकाल कहिलेसम्म भन्ने विवादकै बीच निर्वाचन आयोगले संसद सचिवालयलाई पत्राचार गरेर असोज १ गते राति १२ बजेसम्म मात्र कार्यकाल रहेको जनाएको थियो । त्यसअघि, सरकारले कानून संशोधन गरेर कार्यकाल बढाउने प्रयत्न गरेपनि धेरैतिरबाट विरोध आएपछि पछि हटेको थियो ।

प्रतिनिधिसभाको अन्तिम बैठक भोलि शनिबार पनि बस्दैछ ।

भोलि मध्यरातिबाटै सातै प्रदेशका प्रदेशसभाको कार्यकाल पनि समाप्त हुनेभएको छ ।

 

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  ४ : ३० बजे

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी