काठमाडौं । चालु संसदको अधिवेशन भोलि राति १२ बजेबाट अन्त्य हुनेभएको छ । यससँगै २०७४ मंसिरमा भएको निर्वाचनबाट गठित प्रतिनिधिसभाको कार्यकाल समाप्त भएको छ ।
निर्वाचन आयोगले आइतबार आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपाति निर्वाचन प्रणालीअन्तर्गत बन्द सूची बुझाउने दिन तोकेपछि भोलि मध्यरातबाट संघीय संसदको अधिवेशन अन्त्य हुनलागेको हो । मन्त्रिपरिषद्को आज बसेको बैठकले असोज १ गते राति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
प्रतिनिधिसभाको कार्यकाल समाप्त भएपनि संविधानअनुसार संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा भने अविच्छिन रहनेछ ।
दलहरुबीच संसदको कार्यकाल कहिलेसम्म भन्ने विवादकै बीच निर्वाचन आयोगले संसद सचिवालयलाई पत्राचार गरेर असोज १ गते राति १२ बजेसम्म मात्र कार्यकाल रहेको जनाएको थियो । त्यसअघि, सरकारले कानून संशोधन गरेर कार्यकाल बढाउने प्रयत्न गरेपनि धेरैतिरबाट विरोध आएपछि पछि हटेको थियो ।
प्रतिनिधिसभाको अन्तिम बैठक भोलि शनिबार पनि बस्दैछ ।
भोलि मध्यरातिबाटै सातै प्रदेशका प्रदेशसभाको कार्यकाल पनि समाप्त हुनेभएको छ ।



















प्रतिक्रिया