१२ असार २०८३, शुक्रबार | June 26, 2026

निर्वाचनमा बालबालिकाहरुलाई प्रयोग नगर्न आग्रह



काठमाडौं । निर्वाचनमा बालबालिकाहरुको प्रयोग नगर्न आग्रह गरिएको छ । नेपालको सातै प्रदेशका बालबालिकाहरुको प्रतिनिधित्व रहेको बाल पैरवी परिषद् कन्सोर्टियम नेपालले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा आसन्न आम निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरुसँग अन्तरसंवाद गर्दै उक्त सुझावहरु बुझाइएको छ ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले बालबालिकाका सवालमा पार्टी निकै संवेदनशील रहेको र निर्वाचनका कुनै पनि गतिविधिहरुमा बालबालिकाको दुरुपयोग नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले निर्वाचनमा बालबालिकाको दुरुपयोग पार्टीको नीति विपरित रहेको र घोषणाापत्रमा बालबालिकाका सवाललाई प्राथमिकतामा राख्ने बताए ।

कन्सोर्टियम नेपालका अध्यक्ष मोहन दँगालले बालबालिकाका सवाल राजनीतिक दलको नजरमा कम प्राथमिकतामा पर्ने भएकाले नागरिक समाज यसको निरन्तर पैरवीमा लाग्ने बताए ।

निर्वाचन निरगरानी समूहका संयोजक डा. कृष्ण सुवेदीले बालबालिका र विद्यालयलाई कुनै पनि प्रकारको राजनितीक दुरुपयोग हुन नहुनेमा जोड दिए ।

कार्यक्रममा बाल पैरवी समूहका सदस्य बालबालिकाहरुले सामूहिक रुपमा सुझावहरु प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : २४ बजे

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धार कार्य तीव्र

काठमाडौं । उत्तरी भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

काठमाडौं । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस