३१ बैशाख २०८१, सोमबार | May 13, 2024

ओहदामा हुनेहरुको मनोविज्ञान घुस खानै पर्ने भएपछि विकास हुने कुरै भएनः मन्त्री चौधरी



काठमाडौं । शहरी विकास मन्त्री मेटमणी चौधरीले ओहोदामा हुनेहरुको गलत मनोविज्ञानका कारण विकास हुन नसेको बताएका छन् ।

नवप्रवेशी इन्जिनियरहरुलाई डोलीद्धारा आयोजित पूर्वाधार विकास आयोजनाहरुको अनुगमन तथा कार्यान्वयन विषयक ६ दिने तालिमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘मन्त्री, नेता, इन्जिनियर, हाकिम जस्ता ओहदामा हुनेहरुको मनोविज्ञान नै घुस खानै पर्ने भएपछि विकास हुने कुरा भएन । पदमा रहँदा कमाउनै पर्ने, पैसा जम्मा गर्नै पर्ने भएपछि न गुणस्तरको काम हुन्छ न समयमै योजना सकिन्छ । त्यसकारण अब हामी सबैले यस्तो गलत मनोविज्ञान त्याग्नैपर्छ,’ मन्त्री चौधरीले भने ।

तालिमले कार्य क्षमता अभिबृद्धि हुने भन्दै मन्त्री चौधरीले उच्च आत्मबल, उच्च नैतिकता र उच्च इमानदारिताका साथ काम गर्न इन्जिनियरहरुलाई निर्देशन दिए । जिम्मेवारी बोधका साथ काम गर्दै गए सचिव बन्न गाह्रो नभएको भन्दै मन्त्री चौधरीले सबैको सम्मान गर्दै, सबैलाई मिलाएर काम गरे मात्र सफल हन सकिने धारणा राखेका थिए ।

शहरी विकास मन्त्रालयका सचिव डा। रमेशप्रसाद सिंहले कर्मचारीले सकभर कामै नगर्ने, फाइल नपल्टाउने, पुराना फाइल हेर्ने, अल्झाउने र समयमा निर्णय पनि नगर्ने गरेकै कारण जनतामा गुनासो बढेकाले विकासका काम गर्दा जनतालाई केन्द्रमा राखेर छिटो निर्णय गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १ : २६ बजे

अनलाइन जुवा खेलाएर एकै व्यक्तिले गरे दुई अर्बको कारोबार

काठमाडौं । अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको

नीति तथा कार्यक्रम प्रस्तुतिको तयारी बारे सभामुख र अध्यक्षबीच छलफल

काठमाडौं । जेठ १ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन सुदूरपश्चिमको प्रदेश सभा बैठक आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशको बैठक आह्वान गरिएको छ । बैठक

विश्व बैंकको अध्ययन- नेपालको वित्तीय संघीयता मध्यम गतिमा

काठमाडौं । वित्तीय संघीयता अन्तर्गत प्रदेश तथा स्थानीय तहमा सार्वजनिक

कांग्रेसको निस्कर्ष – संसदीय समिति गठन नभएसम्म संसद चल्दैन

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन