४ आश्विन २०८३, आइतबार | September 20, 2026

चोलेन्द्रलाई नजरबन्दमा राखेर सरकारले तमासा गर्‍यो : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घर घेरेर र उनलाई नजरबन्दमा राखेर तमासा गरेको टिप्पणी गरेका छन् ।

आइतबार बालकोटस्थित निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव पारित नभएपछि सकिएको तर्क गरे । उले सत्ता पक्षले बेलैमा प्रक्रिया अगाडि नबढाएर सफाइ दिएको आरोप लगाए ।

‘हिजो संसदको अधिवेशन सकियो र संसदको कार्यकालै सकियो । महाअभियोग पारित भएन । दर्ता भयो र पारित भएन भनेपछि कुरा सकियो । त्यसमा सत्तापक्षले उहाँलाई सफाइ दियो । आफैं बिलम्ब गरेर, प्रक्रिया अगाडि नबढाएर सफाइ दियो । आफैंले खनेको खाल्डोमा आफैं परेर सफाइ दियो’ उनले भने ‘तीन महिनाभित्र यो प्रश्न टुंग्याउनुपर्ने हुन्छ । कुनै पनि प्रस्तावको कार्यकाल हुन्छ । अवधि हुन्छ । संसदीय प्रक्रियाको प्रस्तावहरु कहिलेसम्ममा टुंग्याउने भन्ने हुन्छ । सेना–प्रहरी हातमा छ भनेर जे पनि गरे हुन्छ रु मान्छेको घर घेर्ने, नजरबन्द बनाउने, तमासा गर्ने हो रु लोकतन्त्रमा अभियोग पुष्टि नभएपछि प्रधानन्यायधीसले के गर्ने ?’

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ६ : २९ बजे

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी । वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार

कुनै चमत्कार नभए कांग्रेस विभाजनको अन्तिम डिलमा पुग्यो : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी