६ पुस २०८२, आइतबार | December 21, 2025

मेक्सिकोमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प



मेक्सिको सिटी । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । सन् १९८५ र २०१७ का दुई ठूला भूकम्पको वार्षिकोत्सवमा मेक्सिको सिटीमा सयौं माइल टाढाको भवनहरू हल्लाउँदै पश्चिमी मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन निकायले ७.४ रेक्टर स्केलको भूकम्प गएको छ भने अमेरिकी भूगर्भ सर्वेक्षणले ७.६ रेक्टर स्केलको अनुमान गरेको छ ।

भूकम्पको केन्द्रबिन्दु प्रशान्त महासागरको तटमा रहेको मिचोआकान राज्यको कोलकोमानबाट ५९ किलोमिटर (३७ माइल) दक्षिणमा र मेक्सिको सिटीबाट सयौं किलोमिटर पश्चिममा रहेको भूकम्पविद्हरूले बताएका छन् ।

मेक्सिको सिटीको भूकम्पको अलार्म राजधानीले आपतकालीन प्रकोप अभ्यास गरेको एक घण्टा नहुँदै बजेको थियो, जसले मानिसहरूलाई फेरि सडकमा बाहिर पठायो ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ७ : ३४ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा