२ चैत्र २०८२, सोमबार | March 16, 2026

नवौ राष्ट्रिय खेलकुद २०७९ : लुम्बिनीमा शारिरीक सुगठन छनौट सम्पन्न, रुपन्देही टिम च्याम्पियन



बुटवल । बुटवलमा जारी नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत सोमबार शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भएको छ ।

नबिन औद्योगिक माविको सभाहलमा भएको प्रतियोगितामा पुरुष शारीरिक संगठन खेल तर्फ ५५ केजी तौल समुहमा रुपन्देहीका भानुभक्त कठरिया प्रथम भएका छन । यसैगरि पाल्पाका रन बहादुर सारु दोश्रो तथा गुल्मीका शिवराज बिष्ट तेश्रो भएका छन । यसैगरि ६० केजी समुहमा रुपन्देहीका सुनिल आले प्रथम, नवलपरासीका लेख बहादुर गुरुङ्ग दोश्रो तथा पाल्पा अनुराग बिक तेस्रो भएका छन । ६५ केजी तौल समुहमा नवलपरासीका नवराज डुम्रे प्रथम, गुल्मीका दिलिप ढेङ्गा दोस्रो तथा दाङ्गका माधव सुवेदी तेस्रो भएका छन ।

त्यसैगरि ७० केजी तौल समुहमा रुपन्देहीका विजेन्द्रमान श्रेष्ठ प्रथम, दाङ्गका भुवन बिक दोश्रो र पाल्पाका प्रतिप बराल मगर तेस्रो भए । ७५ केजी तौल समुहमा रुपन्देहीका आकाश राना प्रथम भए । यसैगरि ८० केजी तौल समुहमा दाङ्गका मधु बिक्रम थापा प्रथम तथा ८० केजी भन्दा माथिको समुहमा रुपन्देहीका बिष्णु निषाद प्रथम हुदै राष्ट्रिय खेलमा सहभागी हुने यात्रा तय गरेका छन ।

यसैगरि पुरुष फिजिक्समा १ सय ७० सेमी भन्दा मुनिको खेलमा रुपन्देहीका एनोस थापा विजेता बन्दै छनौट हुन सफल भए । राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम पटक समावेश महिला शारीरिक सुगठन खेलमा नवलपरासी जिल्लाकी रबिना कुवर प्रथम हुदै छनौट भएकी छिन । महिला मोडल फिजिक्स बिधामा दाङ्गकी उर्मिला बस्नेत प्रथम भइन् ।

छनौट प्रतियोगितामा ६ स्वर्ण १ रजत पदक जित्दै रुपन्देही जिल्ला टिम च्याम्पियन भएको छ ।

पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि खेलाडी छनौट गरिएको रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले बताए ।

कार्यक्रमको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिब जयप्रकाश भट्टराइले उद्घाटन गर्दै न्युन बजेट र समयमा उत्कृष्ट नजितासहितको खेल प्रतियोगिता भैरहको भन्दै लुम्बिनी प्रदेशलाई उत्कृष्ट बनाउन सबैको सहयोग जरुरी रहेको बताए ।

राष्ट्रिय निर्णायकहरु क्रमशः शिबध्वज राई, केशव बहादुर शाक्य, राज कुमार श्रेष्ठ र सुरज श्रेष्ठले छनौट कार्यक्रमको सहजीकरण गरेको कार्यक्रममा रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य अर्जुन क्षेत्रीको संयोजकत्व, निर्णायक शारीरिक सुगठन खेलका अन्तराष्ट्रिय खेलाडी जिवन गिरी, रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ, नबिन औधोगिक मा.बि.का प्रधानाध्यापक प्रेम सिंह बस्नेत तथा बाके जिल्ला शारीरिक सुगठनका कोषाध्यक्ष सन्तोष शाक्यले विजेता खेलाडी तथा टिमलाई पुरस्कार, प्रमाणपत्र बितरण गरेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ९ : १५ बजे

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम

युद्धको फोटो/भिडियो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एसियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील