७ श्रावण २०८३, बिहिबार | July 23, 2026

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ



काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित सडकबाट करिब २२ किलोग्राम गाँजासहित सोही गाउँपालिका–४ बस्ने ३५ वर्षीया जगमाया गुरूङ लगायत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काँकडभिट्टाबाट पोखरातर्फ आउँदै गरेको मे. १ ख ३१९५ नम्बरको बसलाई अस्थाई प्रहरी पोष्ट मुग्लिनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

दैलेखको नारायण नगरपालिका–१ टुडिखेलबाट २९० मिलिग्राम ब्राउनसुगरसहित सोही नगरपालिका–२ कुसाडा बस्ने ३० वर्षीय रोबट सिजापतीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको गौरीगंगा नगरपालिका–८ बडैपुरबाट करिब ३ ग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने २२ वर्षीय ईन्द्र धामीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ कालिका मन्दिर नजिकबाट ४४० मिलिग्राम ब्राउनसुगरसहित सोही उपमहानगरपालिका–५ बस्ने २३ वर्षीय मोहम्मद सुहिल लगायत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित भिनिला रेष्टुरेन्टको पछाडी रहेको कटेजमा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ११ : ५१ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क