३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश सरकारबाट ५ करोड ८६ लाख निकासा



पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले पाँच करोड ८६ लाख बजेट निकासा गरेको छ । प्रदेश सरकारले प्रतियोगिताको तयारीअन्तर्गत खेलाडी छनोट र बन्द प्रशिक्षण सञ्चालन गर्न सो रकम निकासा गरेको हो ।

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले चालु वर्षको रातो किताबमा विनियोजित एक करोड, प्रतियोगिताका लागि भदौ पहिलो साता उपलब्ध गराइएको र तीन करोड ४६ लाख र पछिल्लोपटक एक करोड ४० लाख निकासा गरिएको जानकारी दिएका छन् ।

प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोट र विशेष प्रशिक्षणका लागि प्रदेश खेलकुद परिषद्को मागअनुसार मन्त्रालयबाट सो रकम निकासा गरिएको अर्थमन्त्री बरालले बताए । नवौँ खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद्ले यसअघि सातै प्रदेशलाई रु ४९ लाखका दरले बजेट उपलब्ध गराएको थियो । राष्ट्रिय खेलकुद आयोजना, यसको व्यवस्थापन खर्च र पूर्वाधार निर्माणलगायतको सम्पूर्ण जिम्मेवारी सङ्घीय सरकारको हो ।

कार्यक्रममा अर्थमन्त्री बरालले गण्डकी प्रदेशमा ४० वर्षपछि हुन लागेको राष्ट्रिय खेलकुद सफल बनाउनु सबै प्रदेशवासीको दायित्व रहेको पनि बताए ।

नवौँ राष्ट्रिय खेलकुद यही असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका सात जिल्लामा आयोजना हुँदैछ । प्रतियोगिताको उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरा रङ्गशालामा हुनेछ । गण्डकीमा दोस्रो पटक राष्ट्रिय खेलकुद हुन लागेको हो । यसअघि पहिलोपटक विसं २०३९ चैतमा यहाँ प्रतियोगिता भएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ९ : ४३ बजे

ओलीमाथि देउवाको आरोप – ‘आफुले गिरीबन्धु टी-स्टेटको जग्गा वेच्ने, कांग्रेसलाई दोष लगाउने!’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी-स्टेटको जग्गा

संसद बैठक अपरान्ह ४ बजेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ

मदन र आश्रितप्रति एमाले नेताहरुको श्रद्धाञ्जलि

काठमाडौं । नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारी

गृहमन्त्री लामिछानेले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

सुनको मुल्य हालसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्यले नयाँ किर्तिमान कायम