११ असार २०८३, बिहिबार | June 25, 2026

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश सरकारबाट ५ करोड ८६ लाख निकासा



पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले पाँच करोड ८६ लाख बजेट निकासा गरेको छ । प्रदेश सरकारले प्रतियोगिताको तयारीअन्तर्गत खेलाडी छनोट र बन्द प्रशिक्षण सञ्चालन गर्न सो रकम निकासा गरेको हो ।

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले चालु वर्षको रातो किताबमा विनियोजित एक करोड, प्रतियोगिताका लागि भदौ पहिलो साता उपलब्ध गराइएको र तीन करोड ४६ लाख र पछिल्लोपटक एक करोड ४० लाख निकासा गरिएको जानकारी दिएका छन् ।

प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोट र विशेष प्रशिक्षणका लागि प्रदेश खेलकुद परिषद्को मागअनुसार मन्त्रालयबाट सो रकम निकासा गरिएको अर्थमन्त्री बरालले बताए । नवौँ खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद्ले यसअघि सातै प्रदेशलाई रु ४९ लाखका दरले बजेट उपलब्ध गराएको थियो । राष्ट्रिय खेलकुद आयोजना, यसको व्यवस्थापन खर्च र पूर्वाधार निर्माणलगायतको सम्पूर्ण जिम्मेवारी सङ्घीय सरकारको हो ।

कार्यक्रममा अर्थमन्त्री बरालले गण्डकी प्रदेशमा ४० वर्षपछि हुन लागेको राष्ट्रिय खेलकुद सफल बनाउनु सबै प्रदेशवासीको दायित्व रहेको पनि बताए ।

नवौँ राष्ट्रिय खेलकुद यही असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका सात जिल्लामा आयोजना हुँदैछ । प्रतियोगिताको उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरा रङ्गशालामा हुनेछ । गण्डकीमा दोस्रो पटक राष्ट्रिय खेलकुद हुन लागेको हो । यसअघि पहिलोपटक विसं २०३९ चैतमा यहाँ प्रतियोगिता भएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ९ : ४३ बजे

जुम्लाको टम्टी आसपास ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जुम्लामा आज बिहान भूकम्प गएको छ । बिहान

रास्वपा प्रथम महाधिवेशन : पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी

आज निर्जला एकादशी : तुलसीको दल राख्ने विशेष दिन

काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी देशभर

फिफाको निलम्बनमा पर्‍यो एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ

म्याग्दीमा पहिरोले इभी पुरिँदा चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा