२४ भदौ २०८३, बुधबार | September 9, 2026

बाँकेमा खर्च विवरण बुझाएको १ महिनापछि दर्ता, समयमा विवरण बुझाउँदा पनि कारवाही गरिएको जनप्रतिनिधिको गुनासो



खजुरा । समयमा खर्च विवरण नबुझाएका कारण कारवाही स्वरुप जरिवानामा परेका स्थानीयतहका प्रमुखहरुले निर्वाचन कार्यालयका कर्मचारीको कमजोरीका कारण आफुहरुलाई जरिवानामा पारिएको गुनासो गरेका छन् । उनीहरुले समयसीमा भित्रै बुझाईएका खर्च विवरणका फायल महिनादिन सम्म निर्वाचन कार्यालयमा पेन्डिङ राखेर म्याद सकिएपछिमात्र दर्ता गरिएपछि आफुहरु कारवाहीमा परेको बताएका छन् ।

बाँकेको खजुरा गाँउपालिका अध्यक्ष डम्बर बिकले निर्वाचन सकिए लगत्तै जेठ १२ गते जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरणको फायल बुझाए पनि कार्यालयले असार १४ गते मात्र दर्ता गरेर आफुलाई जरिवानामा पारिएको गुनासो गरे । ‘जेठ १२ गते फायल बुझाउन जाँदा देखाईएका खर्चहरुको बिल भरपाई मागियो, फायल छाडेर जान भनियो, पछि बिना बिल भर्पाई सोही फायद म्याद गुज्रेपछि असार १४ गते दर्ता गरियो ।’ उनले भने- ‘शुरुमा दर्ता नगर्ने तर पछि त्यही फायल दर्ता हुने, आयोगको कस्तो निती हो ? बुझिएन ।’

आयोगले तोकेकै ढाँचामा खर्च विवरण भरेर दिँदा समेत फायल बुझेर दर्ता नगरि राख्ने र म्याद सकिएपछि दर्ता गरेर आफुहरुलाई फँसाईएको बिकले बताए । समयभित्र बुझाएको फायल पेन्डिङमा राखेर म्याद सकिएपछि दर्ता गरिनु गलत भएको बिकले बताए ।

उता जिल्ला निर्वाचन कार्यालय बाँकेले भने बिल भर्पाई लिएर आउँछौं भनेर निस्केका जनप्रतिनिधिहरु सम्पर्कमा नै नआएपछि म्याद सकिएपछि जस्ताको तस्तै दर्ता गरेर आयोगको केन्द्रमा पठाईदिएको जनाएको छ । कार्यालय प्रमुख रमा पंतले बिल भर्पाई लिएर आउन भनिएपनि अधिकाँस जनप्रतिनिधिहरु सम्पर्कमै नआएको बताइन् । रिट नपुगि कार्यालयमा छाडिएका फायलहरुलाई मान्यता दिन नमिल्ने भएका कारण दर्ता नभएको उनले बताइन् । समय सकिएपछि भने आएका जति फायललाई स्क्यान गरेर काठमाडौं पठाईएको पनि उनले बताइन् ।

एक महिना अघि आएको फायल दर्ता गर्न नमिल्ने भनेर फर्काउने र एक महिना पछि (म्याद सकिएपछि) दर्ता गर्न मिल्ने कसरी हुन सक्छ ? खजुराका अध्यक्ष बिकले प्रश्न गरे ।

बाँकेका २२६१ जना स्थानीयतह निर्वाचनमा चुनाव लडेकोमा १०४ जनाले मात्र समय भित्र खर्च विवरण बुझाएको पंतले बताइन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १ : ३४ बजे

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु