३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

भक्तपुरमा फलामको पाइप लागेर एक जनाको मृत्यु



भक्तपुर । सूर्यविनायक नगरपालिका-८ जगातीस्थित समानान्तर कंक्रिट (रोडा, बालुवा, सिमेन्ट र केमिकल उत्पादन गरी तयार गर्ने) उद्योगमा काम गर्ने क्रममा फलामको पाइप खसेर लागेपछि एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा बर्दिया बारबर्दिया नगरपालिका-७ घर भई सोही उद्योगमा कार्यरत २४ वर्षीय विवेक चौधरी रहेका छन् ।

फलामको पाइपले लागेर घाइते भएका चौधरीको उपचारको क्रममा नागरिक कम्युनिटी टिचिङ अस्पताल गठ्ठाघरमा मृत्यु भएको प्रहरीले जनाएको हो । फलामको पाइप खसेर लाग्दा अर्का एक जना घाइते भएका छन् ।

घाइते हुनेमा बर्दिया बारबर्दिया नगरपालिका-७ घर भई सोही उद्योगमा काम गर्ने १९ वर्षीय प्रमोद चौधरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

अन्दाजी ३ मिटर लामो कंक्रिट पेल्ने फलामको पाइप बिग्रिएपछि मर्मत गर्ने क्रममा सोही पाइप खसेर दुर्घटना भएको बताइएको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ६ : ५५ बजे

प्रधानमन्त्रीद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै

बेइजिङ । नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम

असन्तुष्ट नेताहरूसँग सहकार्यका लागि जुनसुकै पद दिन तयार छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र असन्तुष्ट रहेका

दीप बोर्डिङले गर्यो एसइई-२०८२ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

बुटवल । यस क्षेत्रकै पुरानो तथा अब्बल विद्यालयको पहिचान बनाउन