१८ आश्विन २०७९, मंगलबार | October 4, 2022

मिटरब्याजी अनिरुद्ध साह पूर्पक्षका लागि जेल चलान



जलेश्वर । महोत्तरी जिल्ला अदालतले मिटरब्याजी अनिरुद्ध साहलाई पूर्पक्षका लागि जेल चलान गरेको छ ।

महोत्तरीदेखि झापासम्मका दर्जनौँ व्यक्तिलाई मिटरब्याजको कुचक्रमा फँसाएर उठिबास र घरवारविहीन बनाउनुका साथै ऋण दिएकै कारण कतिपय महिलालाई यौन शोषण समेत गरेको आरोप लागेका जिल्लाको भङ्गाहा नगरपालिका-५ बस्ने मिटरब्याजी ४० वर्षीय अनिरुद्धलाई बुधबार अबेर साँझ महोत्तरी जिल्ला अदालतका न्यायाधीश हेमबहादुर सेनको इजलासले पूर्पक्षका लागि जेल चलान गरेको हो ।

महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार अनिरुद्धले थुप्रै मानिससँग अवैधरूपमा ब्याज असुली गरेको, धेरैलाई उठिबास लगाएको र ब्याजकै कारण धेरैलाई घरबारविहीन बनाएकोसम्बन्धी पर्याप्त सबुत प्रमाण अदालतमा पेस भएकाले उनलाई न्यायाधीश सेनले पूर्पक्षमै राखेर मुद्दा अगाडि बढाउने आदेश दिएका हुन ।

भङ्गाहा-५ बस्ने चन्द्रकला महरासमेतको जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी भङ्गाहा-५ बस्ने अनिरुद्धसमेत भएको ठगी, आपराधिक विश्वासघात, लिखतसम्बन्धी कसुर तथा सङ्गठित अपराध मुद्दाको सिलसिलामा निज प्रतिवादी अनिरुद्धलाई प्रहरीले भदौ ४ गते पक्राउ गरेको थियो ।

निज उपर उल्लिखित मुद्दामा आवश्यक अनुसन्धान पश्चात् जिल्ला सरकारी वकिल कार्यालयमार्फत महोत्तरी जिल्ला अदालतमा पेस गरिएकामा अदालतले उनलाई पूर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो । अदालतद्वारा पूर्पक्षका लागि जेल पठाउने आदेश भएपछि अनिरुद्धलाई जलेश्वर कारागारमा पठाइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ८ : १९ बजे

किसानलाई दशैँभन्दा खेतीपातीकै चिन्ता

कैलाली । कैलालीका किसानलाई दशैँ मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता

नवौँ राष्ट्रिय खेलकुद : म्याग्दीमा खेलमैदान तयार

म्याग्दी । म्याग्दीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान

ज्याला नपाउँदा मजदुरले दशैँ मनाउन पाएनन्

कैलाली । बडादशैँको उमङ्ग र उत्साह यतिबेला सबैतिर छ ।

राँगोको मार हान्न तीन लाख १५ हजारको बोलकबोल !

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ को भगवती कोत मन्दिरमा आज

विश्व पशु दिवस : पशु संरक्षणमा चुनौती

दोधारा चाँदनी । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज (अक्टोबर