२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

मिटरब्याजी अनिरुद्ध साह पूर्पक्षका लागि जेल चलान



जलेश्वर । महोत्तरी जिल्ला अदालतले मिटरब्याजी अनिरुद्ध साहलाई पूर्पक्षका लागि जेल चलान गरेको छ ।

महोत्तरीदेखि झापासम्मका दर्जनौँ व्यक्तिलाई मिटरब्याजको कुचक्रमा फँसाएर उठिबास र घरवारविहीन बनाउनुका साथै ऋण दिएकै कारण कतिपय महिलालाई यौन शोषण समेत गरेको आरोप लागेका जिल्लाको भङ्गाहा नगरपालिका-५ बस्ने मिटरब्याजी ४० वर्षीय अनिरुद्धलाई बुधबार अबेर साँझ महोत्तरी जिल्ला अदालतका न्यायाधीश हेमबहादुर सेनको इजलासले पूर्पक्षका लागि जेल चलान गरेको हो ।

महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार अनिरुद्धले थुप्रै मानिससँग अवैधरूपमा ब्याज असुली गरेको, धेरैलाई उठिबास लगाएको र ब्याजकै कारण धेरैलाई घरबारविहीन बनाएकोसम्बन्धी पर्याप्त सबुत प्रमाण अदालतमा पेस भएकाले उनलाई न्यायाधीश सेनले पूर्पक्षमै राखेर मुद्दा अगाडि बढाउने आदेश दिएका हुन ।

भङ्गाहा-५ बस्ने चन्द्रकला महरासमेतको जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी भङ्गाहा-५ बस्ने अनिरुद्धसमेत भएको ठगी, आपराधिक विश्वासघात, लिखतसम्बन्धी कसुर तथा सङ्गठित अपराध मुद्दाको सिलसिलामा निज प्रतिवादी अनिरुद्धलाई प्रहरीले भदौ ४ गते पक्राउ गरेको थियो ।

निज उपर उल्लिखित मुद्दामा आवश्यक अनुसन्धान पश्चात् जिल्ला सरकारी वकिल कार्यालयमार्फत महोत्तरी जिल्ला अदालतमा पेस गरिएकामा अदालतले उनलाई पूर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो । अदालतद्वारा पूर्पक्षका लागि जेल पठाउने आदेश भएपछि अनिरुद्धलाई जलेश्वर कारागारमा पठाइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ८ : १९ बजे

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर