२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नवौं राष्ट्रिय खेलकुद छनौट खेल लुम्बिनी : टेबलटेनिस र फुल कन्ट्याक्ट करातेमा रुपन्देही, एथ्लेटिक्समा दाङ विजेता



बुटवल । नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत फुट कन्ट्याक्ट करातेमा रुपन्देही च्याम्पियन भएको छ । तुलसीपुर कभर्डहलमा शुक्रबार भएको खेलमा ८ स्वर्ण, २ रजत र २ कास्य पदक गरि कुल १२ पदक जित्दै रुपन्देही जिल्ला प्रथम भएको हो । खेलमा अर्घाखार्ची जिल्ला २ स्वर्ण, ६ रजत र ३ कास्य गरि ११ पदक जित्दै दोस्रो स्थान तथा बाके जिल्ला २ स्वर्ण, ३ रजत र ५ कास्य गरि १० पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ । खेलमा दाङ जिल्ला १ रजत र २ कास्य जित्दै चौथो स्थान हासिल गरेको छ ।

यसैगरि दाङको तुल्सीपुरस्थित ओमशान्ति खेलमैदानको टेबलटेनिस कबर्ड हलमा शुक्रबार भएको खेलमा १ स्वर्ण, १ रजत, ४ कास्य, २ सान्त्वना जित्दै रुपन्देही च्याम्पियन भएको हो । यसैगरि सो खेलमा १ स्वर्ण, १ रजत र २ कास्य जित्दै दाङ जिल्ला दोस्रो तथा केवल १ कास्य पदक जित्दै नवलपरासी तेस्रो स्थान हासिल गर्यो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै पुरुषतर्फ रुपन्देहीका अनिल भण्डारी, तिलक अधिकारी, विष्णु सुनार, हेमन्त केसी तथा दाङका रोशन चौलागाई छनौट भएका छन । बैकल्पिक खेलाडीका रुपमा नवलपरासीका सौरभ खाँण परेका छन ।

यसैगरि महिलातर्फ दाङकी रोश्नी अधिकारी, अमृता थापा, पवित्रा खनाल तथा रुपन्देहीबाट गिता अर्याल र स्वीकृति श्रेष्ठ छनौट भएको खेलका प्राविधिक संयोजक महेश खनालले बताए । अस्मिता बुढा बैकल्पिकमा परेकी छिन ।

एक समारोहका बीच प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । प्रतियोगितामा १२ जिल्लाका २ हजार ६ सय ५२ जना खेलाडीहरु, २ सय अफिसियल र ३ सय भोलिन्टियरहरुको सहभागीता रहने छन ।

दाङको बेलझुन्डी रंगशालामा भएको एथ्लेटिक्स खेलमा १५ स्वर्ण, ५ रजत र ३ कास्यसहित २३ पदक जित्दै दाङ जिल्ला प्रथम भएको छ । खेलमा बर्दिया जिल्ला ६ स्वर्ण, ३ रजत र ९ कास्य जित्दै दोस्रो स्थान तथा कपिलबस्तु जिल्ला ४ स्वर्ण, ३ रजत र ३ कास्य जित्दै तेस्रो स्थान हासिल गरेको छ । एथ्लेटिक्सको महिला लङ्गजम्पतर्फ दाङ्ग जिल्लाकी निशा चौधरीले यसअघि बनाएको आफनै रेकर्ड तोड्दै ५ मिटर ५० सेन्टिमिटर जम्प गरिन । विजयी खेलाडीहरुलाई प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव भट्टराई, खेल संयोजक अरुण लहरे, खेलकुद सयोजक पदमा चौधरीले पुरस्कार वितरण गरेका थिए ।

 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १० : १५ बजे

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु