३ चैत्र २०८२, मंगलबार | March 17, 2026

रोहिणीका विभिन्न सामूदायिक विद्यालयमा पुगे गाउँपालिका अध्यक्ष यादव



भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकामा रहेका विभिन्न सामूदायिक विद्यालयमा पुगेर अनुगमन तथा निरीक्षण गरेका छन् । विद्यालयको वास्तविकता थाहा हुने र सुधार गर्न सजिलो हुने भएकाले विद्यालयमै पुगेर अनगुमन गरिएको अध्यक्ष यादवले बताए ।

शुक्रबार रोहिणी-२ स्थित पोखरभिण्डी माध्यमिक विद्यालय, त्रिवेणी आधारभूत विद्यालय र श्रीराम आधारभूत विद्यालयमा अनुगमन गरिएको उनले जानकारी दिए । उनले भने, ‘शिक्षा क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।’ आगामी दिनमा अन्य विद्यालयमा पनि निरीक्षण तथा अनुगमन गरिने उनले बताए ।

गाउँपालिकाका अध्यक्ष यादवसहित प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम, रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँ, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम नेवास प्रसाद चौधरीसहितको टोलीले विद्यालयहरुको निरीक्षण गरेको हो । अध्यक्षसहित टोलीले कक्षाकोठामै पुगेर शिक्षकहरुले अध्यापन गराएको निरीक्षण समेत गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ८ : २५ बजे

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा