८ पुस २०८२, मंगलबार | December 24, 2025

रोहिणीका विभिन्न सामूदायिक विद्यालयमा पुगे गाउँपालिका अध्यक्ष यादव



भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकामा रहेका विभिन्न सामूदायिक विद्यालयमा पुगेर अनुगमन तथा निरीक्षण गरेका छन् । विद्यालयको वास्तविकता थाहा हुने र सुधार गर्न सजिलो हुने भएकाले विद्यालयमै पुगेर अनगुमन गरिएको अध्यक्ष यादवले बताए ।

शुक्रबार रोहिणी-२ स्थित पोखरभिण्डी माध्यमिक विद्यालय, त्रिवेणी आधारभूत विद्यालय र श्रीराम आधारभूत विद्यालयमा अनुगमन गरिएको उनले जानकारी दिए । उनले भने, ‘शिक्षा क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।’ आगामी दिनमा अन्य विद्यालयमा पनि निरीक्षण तथा अनुगमन गरिने उनले बताए ।

गाउँपालिकाका अध्यक्ष यादवसहित प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम, रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँ, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम नेवास प्रसाद चौधरीसहितको टोलीले विद्यालयहरुको निरीक्षण गरेको हो । अध्यक्षसहित टोलीले कक्षाकोठामै पुगेर शिक्षकहरुले अध्यापन गराएको निरीक्षण समेत गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ८ : २५ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना