२० मंसिर २०८२, शनिबार | December 6, 2025

विदेशी पर्यटकका लागि भुुटान खुलाः नेपाली पर्यटकलाई मह, बेसार र सिमकार्डसहित स्वागत



थिम्पु । झन्डै दुुई वर्ष लामो प्रतिबन्धपछि भुटान विदेश पर्यटकहरुका लागि पुनः खुला भएको छ । कोभिड–१९ महामारीपछि बन्द रहेको सिमाना हिमालयन राज्यले पुनः खोलेको हो ।

स्थानीय अर्थतन्त्रलाई पुनरुत्थान गर्न पर्यटनमा आबद्ध अधिकारीहरूसहित २३ विदेशी पर्यटक शुक्रबार भुटान पुुगेका छन् । प्राकृतिक सौन्दर्य र पुरातन बौद्ध संस्कृतिका लागि परिचित चीन र भारतको बीचमा जोडिएको भुटानले पहिलो संक्रमित भेटिएपछि सन् २०२० मा सिमाना बन्द गरेको थियो । करिब ८ लाख जनसंख्या भएको भुुटानमा ६१ हजारलाई संक्रमण भएको छ भने २१ जनाको मृत्युभएको छ । तर, कोभिडका कारण यहाँको अर्थतन्त्र भने धरासायी भएको छ ।

‘हाम्रो लागि पर्यटन भनेको आम्दानी मात्र होइन’ भुटानको पर्यटन परिषद् ९टीसीबी०का महानिर्देशक दोर्जी ध्राधुलले राजधानी थिम्पु नजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक आगन्तुकलाई स्वागत गरेपछि भने । पर्यटकहरुलाई मह, बेसार सिम कार्ड दिएर स्वागत गरिएको थियो ।

काठमाडौंबाट पहिलो उडानमा पुुगेका प्रत्येक आगन्तुकलाई उपहारस्वरूप अर्गानिक मह, चिया, बेसार र स्थानीय सिमकार्डको सानो प्याक उपहारस्वरूप दिइएको भारतीय समाचार संस्था एनडीटीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १ : ०१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय