११ भदौ २०८३, बिहिबार | August 28, 2026

नेपालगन्जमा रामलीला मञ्चनको तयारी


९ आश्विन २०७९, आइतबार  

130
Shares

नेपालगन्ज । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको ऐतिहासिक रामलीला मञ्चन यस वर्ष नेपालगञ्जमा धुमधामका साथ गरिने भएको छ ।

नेपालगन्जको रामलीला मैदानमा एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चनको एक सय ५३ र एक सय ५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण सार्वजनिकरूपमा स्थगन गरिएको थियो ।

विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगन्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चनलाई यस वर्ष भव्यताका साथ गर्ने तयारी भएकोे रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए ।
उनका अनुसार नेपालगन्ज उपमहानगरपालिका–९ स्थित रामलीला मैदानमा हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला भव्यरूपमा मनाउने गरिन्छ । रामलीलामा भारत तथा नेपालका कलाकारहरूले मञ्चन गर्ने गरेका छन् ।

यस वर्ष रामलीलाको एक सय ५५औँ जयन्ती समारोहमा वृन्दावन धामका ख्यातिप्राप्त राधारमण शर्मा महाराजद्वारा सङ्गीतमय आधुनिक साजसज्जाका साथ लीलाको प्रदर्शन गराइने भएको छ । यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगन्जलाई चिनाएको रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाको भनाइ छ ।

रामायणमा आधारित लीला प्रत्येक दिन राति ८ बजेदेखि रामको राज्याभिषेक गरुञ्जेलसम्म जारी रहन्छ । सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयहरूबीच लोकप्रिय छ ।

भारतको उत्तरप्रदेशबाट समेत हजारौँ श्रद्धालुहरू रामलीला दर्शनका लागि आउने गरेको रामलीला सञ्चालक समिति सदस्य एवं नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले उल्लेख गरे। रासस

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ९ : १३ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि