१५ माघ २०८२, बिहिबार | January 29, 2026

इटालीले पाउँदैछ पहिलो महिला प्रधानमन्त्री



रोम । इटालीमा सम्पन्न चुनावमा अति दक्षिणपन्थी पार्टी ब्रोदर्स अफ इटाली विजयउन्मुख छ र सो पार्टीकी नेतृ जर्जिया मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्ने बाटोमा छन् । निर्वाचनपछिको मत सर्वेक्षणहरुले उनको पार्टी विजयउन्मुख देखाएका हुन् ।

कन्सोर्जियो ओपिनियो इटालिया पुल फर राइको मत सर्वेक्षणअनुसार दक्षिणपन्थी गठबन्धनले ४१-४५ प्रतिशत र वाम गठबन्धनले २५-२९ प्रतिशत मत ल्याएको छ ।

सन् २०१८ को निर्वाचनमा उनको पार्टी ब्रोदर्स अफ इटालीले कुल मतको ४ दशमलब ३ प्रतिशत मत प्राप्त गरेको थियो । चार वर्षपछि उनको पार्टीले २२ दशमलब ५ देखि २६ दशमलब ५ प्रतिशत ल्याएर विजयी हुँदैछ र मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्दैछिन् ।

ऊर्जा संकट र उच्च मुद्रास्फीतिबाट सम्भावित मन्दीबाट जोगाउनु मेलोनीका लागि चुनौती हुनेछ ।

 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ७ : ०० बजे

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको