६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

यस्तो छ रुपन्देही प्रहरीको चाडपर्व सुरक्षा योजना



भैरहवा । रुपन्देही प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी दसैं, तिहार, छठ लगायतका पर्वहरुलाई लक्षित गरी तयार पारेको सुरक्षा योजना सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै रुपन्देही प्रहरी प्रमुख रबिन्द्र रेग्मीले सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप मजबुत पार्नेदेखि वित्तीय कारोबार बढी हुने बैंक–वित्तीय संस्था र सुनचाँदी पसलहरुमा विशेष निगरानी राख्ने योजना रहेको बताए । उनले चाडपर्वको समयमा अपराधिक क्रियाकलापहरु चोरी–तस्करी, लुटपाट, जबरजस्ती चन्दा संकलन, झै–झगडा, दुर्घटना, अवैध हातहतियार ओसारपसार हुन सक्ने भन्दै यस्तालाई निस्तेज पार्न विशेष योजना बनाइएको बताए ।

उनले चौबीसैं घण्टा आमनागरिकलाई सुरक्षा दिन जिल्लाका सबै युनिटहरुमा प्रहरी परिचालन बढाईने जानकारी दिए । चाडपर्वको मौकामा पटका पड्काउने, आतिसबाजी गर्ने, विभिन्न समूहले देउसीभैलो तथा अन्य साँस्कृतिक कार्यक्रमहरुको नाममा गैरक्रियाकलाप गर्ने लगायतका गतिविधि हुन सक्ने भएकाले त्यस्ता क्रियाकलापलाई नियन्त्रण एवं न्युनीकरण गरी जिल्लाको शान्ति सुरक्षाको स्थितिलाई मजबुत राख्न सुरक्षा रणनीति बनाइएको एसपी रेग्मीले बताए ।

पर्व लक्षित गरी सुरक्षाकर्मीको परिचालन २० प्रतिशतले बढाइएको बताउँदै उनले १० प्रकारका सुरक्षासम्बन्धी भिडियो–अडियो बनाएर धेरै भिडभाड हुने स्थान र सीमा क्षेत्रमा प्रचार प्रशार गरिने जनाए ।

प्रहरकिा अनुसार सीमा क्षेत्रमा कडा चेकजाँच गर्ने, पैदल, साइकल, मोटरसाइकल र गाडीद्वारा गस्ती गर्ने, देउसीभैलो खेल्ने क्रममा विवाद, झगडा हुन सक्ने हुँदा सोको सुरक्षा व्यवस्था मिलाउने र देउसीभैलो खेल्ने समय राति १० बजेसम्म निर्धारण गरिएको छ ।

चाडपर्वका लागि जिल्लाभरी नेपाल प्रहरी १ हजार २४८ जनाको संख्यामा परिचालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

यस्तो छ प्रहरी सुरक्षा योजना
–नियमित–आकस्मिक तथा आवश्यकता अनुसार विभिन्न ठाउँमा प्रहरी चेकिङको व्यवस्था गर्ने ।
–जनचेतनामूलक अडियो–भिडियो बनाइ माइकिङ गर्ने, पर्चा–पम्पलेट वितरण गर्ने ।
–सीमा क्षेत्रमा कडा चेकजाँच गर्ने ।
–पैदल, साइकल, मोटरसाइकल र गाडीद्वारा गस्ती गर्ने ।
–पटका, आतिसबाजीको प्रयोग गर्न नदिने र गर्नेलाई पक्राउ गरी कारबाही गर्ने ।
–जबरजस्ती चन्दा उठाउने कार्य, जुवाजन्य खेलहरु खेल्ने लगायतका कार्य हुन नदिने ।
–देउसीभैलो खेल्ने क्रममा विवाद, झगडा हुन सक्ने हुँदा सोको सुरक्षा व्यवस्था मिलाउने र देउसीभैलो खेल्ने समय राति १० बजेसम्म निर्धारण गरिएको ।
–आर्थिक कारोबार बढी हुने सुनचाँदी पसलहरु, बैंक तथा वित्तीय संस्थामाथि सुरक्षा निगरानी बृद्धि गर्ने ।
–स्वदेश फर्कने नेपालीहरुमाथि सीमा नाकामा हुनसक्ने हैरानी, लुटपाटलाई मध्येनजर राखी सुरक्षा सतर्कता बढाउने र नेपाल फर्कन सहजीकरण गर्ने ।
–आवश्यकता अनुसार मुख्य राजमार्गमा रातको समयमा गस्ती र चेकिङ गर्ने ।
–सार्वजनिक यातायातका सवारीसाधनहरुले स्पष्ट यात्रुसूचि तथा भाडादर भएनभएको चेकजाँच गर्ने ।
–यात्रुहरुका समस्याहरुलाई समाधान र सहजीकरण गर्न जिल्लाको बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको ।
–बजार अनुगमन गरी कालोबजारी हु्न र कृत्रिम अभाव हुन नदिने ।
–विभिन्न मठमन्दिर, पुजाअर्चना गर्ने स्थान, दुर्गाको मूर्तिहरु ल्याउने र विसर्जन गर्ने समस्यामा सुरक्षा व्यवस्था मिलाउने ।
–छठ पुजाअर्चना गर्ने मन्दिर, नदी तथा खोलाहरुमा सुरक्षा व्यवस्था मिलाउने ।
–जिल्ला प्रशासन कार्यालय, अन्य सुरक्षा निकायहरु, स्थानीय तहहरु, यातायात व्यवसायीहरु सम्बन्धित सरोकारवाला निकायहरुसँग समन्वय गर्ने ।
–सीमा क्षेत्रमा हुने लुटपाट, चोरी–डकैती लगायतका घटनाहरु हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय प्रहरी, एसएसबी, संचारकर्मी, उद्योगी–व्यवसायी, स्थानीय, भारतीय व्यापार मण्डलसमेतसँग समन्वय गरी सुरक्षा प्रबन्ध चुस्त बनाउने ।
–चाडपर्वका लागि जिल्ला भरि नेपाल प्रहरी १ हजार २४८ जनाको संख्यामा परिचालन गर्ने ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ९ : ४७ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र