२ पुस २०८२, बुधबार | December 18, 2025

बुटवलमा डेङ्गु संक्रमण बढ्दै गएपछि रगत अभाव रोक्न रक्तदान



बुटवल । पछिल्लो समय पोथी जातको लामखुट्टेको टोकाइबाट संक्रमण हुने डेंगुसँगै रगतको कमी हुन नदिन विहिबार आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बुटवल-११ बुद्धनगरका अवस्थि बुद्धनगर खानेपानी निर्माण तथा उपभोक्ता समितिले ‘बुटवलमा रगतको अभाव भयो भन्न कसैलाई नपरोस’ भन्ने मूल उद्देश्यसहित रक्तदान गरेको हो ।

डेंगु संक्रमणका कारण विरामीको सङ्ख्या बढिरहेको र रगतको अभाव सृजना भएको अवस्थालाई मध्यनजर गर्दै आकस्मिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष आशिष सुर्यवंशीले बताए । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा ६४ यूनिट रगत संकलन भएको छ । वार्षिक रुपमा आफ्नो स्थापना दिवस पारी रक्तदान कार्यक्रम अयोजना गर्दै आएका संस्थाले विहिबार भने आकस्मिक रुपमा रक्तदान कार्यक्रम गरेपनि उपस्थिती उत्साहजनक भएको सुर्यवंशीले दाबी गरे । १२ सय बढी घर परिवार उपभोक्ता रहेको खानेपानी संस्थाले वार्षिक रुपमा हरेक वर्षको माघ ४ गते साधारणसभासहित रक्तदानका कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष पनि सोही मितिमा ८ औं पटक रक्तदानको कार्यक्रम आयोजना गरिने कार्यसूचि रहेको संस्थाका सचिव अर्जुन कुमार जिसीले बताए ।

लामखुट्टेको टोकाईबाट डेंगु रोग संक्रमण हुने भएकाले घर वरीपरिका झाडी तथा पानी जम्ने ठाउँहरु सफा गर्ने, लामखुट्टेले प्रजनन् गराउने गरी कुनै पनि ठाउँमा पानी जम्न नदिने तथा वातावरण सफा राख्न जिसीले आग्रह गरे । यसैगरी उच्च ज्वरो आउने, टाउको दुख्ने लगायतका डेंगुसँग सम्बन्धित रक्षणहरु देखा परेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गएर जँचाएर मात्रै औषधी प्रयोग गर्न उनको आग्रह छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ४ : २४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल