४ बैशाख २०८१, मंगलबार | April 16, 2024

प्रचण्डले परिवारलाई टिका लगाइदिए, आफुले लगाएनन्



काठमाडौं । जनयुद्धकालमा बुर्जुवाहरुको पर्व भन्दै दसैं नमनाउने गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफुले टिका नलगाएपनि परिवारका सदस्यहरुलाई भने टिका लगाइदिएका छन् । प्रचण्ड पुत्री गंगा दाहालले दसैंको टिकाको फोटो सार्वजनिक गर्दै दसैंमा टिका लगाएको सार्वजनिक गरेकी हुन् ।

जनयुद्धको अवधिमा टिका लगाउने र लाउने कार्य नगरेका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया पछि भने आफ्ना पिता मुक्तिनाथ दाहालबाट टिका लगाउँदै आएका थिए । बुवाको निधन भएपछि प्रचण्डले टिका नलगाउने गरेका छन् । छोरी बुहारी र नातीको निधनरभरीको टिका सहितको सार्वजनिक भएपनि प्रचण्ड पत्नि सिता दाहाल भनेफोटोमा अनुपस्थित देखिएकी छिन् । उनी विरामी रहेका कारण टिका ग्रहण मा सहभागी हुन नसकेको प्रचण्ड पारिवारिक स्रोतले जनाएको छ ।

जनयुद्ध पछि प्रचण्डले एक छोरा र एक छोरी गुमाएका छन् । प्रचण्डका पिता मुक्तिरामको पनि जनयुद्ध पछि नै निधन भएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ६ : ०३ बजे

दुई तेस्रो लिङ्गीसहित इलाम-२ मा पाँच सय ४७ मतदाता थपिए

इलाम । यही वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका

भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका-५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे

कार्यवाहक अर्थमन्त्रीको जिम्मा नारायणकाजीलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रीको कार्यभार परराष्ट्रमन्त्री

रवि लामिछाने सहकारी प्रकरण : अनुसन्धानमा २ करोड ऋण लिएको देखियो, अभियोग लागेन

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं

प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता