४ पुस २०८२, शुक्रबार | December 19, 2025

अमलेखगन्जको ३ नम्बर पुलमा बस दुर्घटना, मृतकको संख्या १४ पुग्यो



मकवानपुर । पूर्व पश्चिम राजमार्गको नारायणगढ बीरगन्ज सडक अन्तर्गत अमलेखगञ्जस्थित ३ नम्बर पुलमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बिहान करिब ११ बजे भएको सो दुर्घटनामा २५ जना घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले जनाएको छ ।

ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला छन् । बस सडकको बार भत्काउँदै तल खोलामा खसेको छ ।

घाइतेहरुको उद्धारको कार्य जारी छ, उनिहरुलाई सिमर स्थित अल्पाइन र हेटौंडा अस्पतालमा अपचारका निम्ती पठाउने कार्य भइरहेको अमलेखगन्ज प्रहरीले जानकारी दिएको छ । उद्दारकार्य जारी रहेकाले मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  १२ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको