५ आश्विन २०८३, सोमबार | September 21, 2026

भौतिक पूर्वाधार तथा यातायात मन्त्री राई बाढीग्रस्त क्षेत्रमा, क्षति रोक्न र उद्दारकार्यमा लाग्न सुरक्षा अधिकारीहरूलाई निर्देशन



नेपालगन्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज बाँकेको बाढीग्रस्त क्षेत्रको अवलोकन गरेका छन् । उनले बाढीग्रस्त क्षेत्र पुगेर त्यहाँको क्षति र बाढीको प्रभावको अवस्थाबारे जानकारी लिएका हुन् ।

डुडुवा क्षेत्रका कयौं बस्तीहरू डुबानमा परेको खबर पाएपछि मन्त्री राई आज दिउँसो डुडुवाको होलिया क्षेत्रमा अवलोकनका लागि पुगेका थिए । मन्त्री राईले डुडुवा क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिबारे जानकारी लिँदै बाढी र डुबान प्रभावितका लागि आवश्यक चाँजोपाँजो मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिए । उनले डुडुवा आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले त्यहाँका प्रभावितहरूको दिनचर्या सहज बनाउन व्यक्तिगत तर्फबाट पनि तत्कालै पहल गर्ने आश्वासन समेत दिए।

उनले बाढी र डुबान क्षेत्रमा मानवीय र भौतिक क्षति हुन नदिन आफ्ना युनिटहरूलाई तदारूकताका साथ परिचालन गर्न पनि जिल्लास्थित सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

 

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ३ : ५८ बजे

मड्रिड डर्बीमा रियल मड्रिडलाई एट्लेटिकोको २-१ को हार

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’मा

म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

खोटाङ । चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

त्रिशूली । बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका-१ ढुङ्गेका छत्र प्याकुरेल

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध

संघीय संसद्का दुवै सदनको बैठक आज, दुई विधेयक कार्यसूचीमा

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।