९ पुस २०८२, बुधबार | December 24, 2025

उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले दसैँको अवसरमा गर्दै आएको चियापान कार्यक्रमको आयोजना यस बर्ष नगर्ने भएको छ ।

असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको जनाउँदै नेपाली कांग्रेसले चियापान नगरिने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

‘असोज २३ गते नै पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत उम्मेदवारहरूले उम्मेदवारी मनोनयन गर्नु पर्ने भएकाले यस वर्षको असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

विसं २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किए पछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले चियापान कार्यक्रम गर्दै आएको छ । कोभिड महामारीको बेलामा पनि कांगे्रसले चियापन समारोह आयोजना गरेको थिएन ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ३ : १७ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)