६ आश्विन २०८३, मंगलबार | September 22, 2026

उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले दसैँको अवसरमा गर्दै आएको चियापान कार्यक्रमको आयोजना यस बर्ष नगर्ने भएको छ ।

असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको जनाउँदै नेपाली कांग्रेसले चियापान नगरिने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

‘असोज २३ गते नै पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत उम्मेदवारहरूले उम्मेदवारी मनोनयन गर्नु पर्ने भएकाले यस वर्षको असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

विसं २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किए पछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले चियापान कार्यक्रम गर्दै आएको छ । कोभिड महामारीको बेलामा पनि कांगे्रसले चियापन समारोह आयोजना गरेको थिएन ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ३ : १७ बजे

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ