३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

हिले दशैँले पर्यटनमा समेत असर



‘हट्यो साह्रो हिलो मैलो, हरायो पानीको वर्षा, जता जाउँ उतै भन्छन्, दशैँ आयो दशैँ आयो’,

तर यस वर्षको दशैँ यस कविताको पङ्तिभन्दा ठ्याक्कै उल्टो बन्यो । नवमीको रातिदेखि लगातार परेको वर्षा आज चौथो दिन आज दिउँसोसम्म रोकिएको छैन । कास्कीमा जतासुकै बाढी र पहिरो बगेका छन् । वर्षाकै कारण खोला नालामा बाढी आएको छ भने ग्रामीण सडकमा पहिरो खस्दा आफन्त र घर परिवारमा टीका थाप्न जाने सर्वसाधारण सडकमै अलपत्र परेका छन् ।

कास्कीका ग्रामीण सडकमा ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध बनेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी सुन्दर तिवारीका अनुसार कास्की जिल्लाको मादी गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाका ग्रामीण सडक अवरुद्ध हुँदा टीका थाप्नका लागि आफन्त र घर जाने सर्वसाधारण अलपत्र परेका छन् । उनले बाढी र पहिरोका कारण कास्कीमा आज दिउँसोसम्म कुनै मानवीय क्षति नभएको जानकारी दिए ।

पोखराको काँहुखोलादेखि मादी गाउँपालिकाको पर्यटकीय गाउँ सिक्लेस जाने ग्रामीण सडकमा विभिन्न ठाउँमा पहिरो खसेको छ । तीन दिनअघिदेखि खसेको पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जानकारी प्रवक्ता तिवारीले दिए ।

मादी गाउँपालिकाका-१ का वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार मादी गाउँपालिका-६ को चिप्लीमा पहिरो खस्दा तीन दिनदेखि सडक अवरुद्ध भएको छ । सिक्लेस र खिलाङ पुग्ने सर्वसाधारण सोँदाबाट तीन घण्टाको उकालो बाटो पैदल हिँडेर घर तथा आफन्तकोमा दशैँको टीका थाप्न पुगेको जानकारी वडाध्यक्ष गुरुङले दिए । मादी गाउँपालिकामा कार्यरत डोजर चालक दशैँमा घर गएकाले अवरुद्ध सडक खुलाउन सकिएको छैन ।

पोखराको काँहुखोलाबाट सिक्लेस पुग्न ४० किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ । पहिरोका कारण अलपत्र परेका सर्वसाधारण सडकका छेउछाउका घर तथा होटलमा बास खोजेर बस्न बाध्य छन् भने कोही घण्टौँ हिँडर घर तथा आफन्तकोमा पुगेका छन् ।

त्यस्तै अन्नपूर्ण गाउँपालिकाको वीरेठाँटीबाट अन्नपूर्णकै पर्यटकीय गाउँ घान्द्रुक जाने ग्रामीण सडकअन्तर्गत अन्नपूर्ण-१० को भिरचोकमा नवमीको राति पहिरो खस्दा अवरुद्ध बनेको सडक चार दिनपछि आज दिउँसो एकतर्फी खुलेको जानकारी स्थानीयवासी ललित गुरुङले दिए । पहिरोकै कारण घान्द्रुक र छुम्रुङ पुग्ने सर्वसाधारण घण्टौँ पैदल हिँडेर आफ्नो घर र आफन्तकोमा पुगेका छन् ।

वर्षाकै कारण पर्यटनमा समेत असर परेको छ । दशैँ बिदाको समय पारी टीकाको भोलिपल्ट परिवारसहित चितवनको सौराहा घुम्न जाने तयारी गरेका पोखरा-३२ का हरिशचन्द्र सुवेदीले पोखरादेखि नारायणगढ सडक ठाउँठाउँमा अवरुद्ध भएको खबरसँगै आफ्नो यात्रा स्थगित गरे । तिहारमा छोटो समय मात्र बिदा पाइने भएकाले चितवन जान सम्भव नभएको उनी बताउछन । वर्षाकै कारण सुवेदीजस्तै धेरैले परिवारसहित घुम्न जाने कार्यक्रम स्थगित गरेरका छन् ।

दशैँका बिदा पारेर अधिकांश पोखरेली छोटो दूरीको टे«किङ तथा मुक्तिनाथ पुग्नका लागि निस्कने गर्थे तर वर्षाका कारण यस वर्षको दशैँमा त्यस्ता कार्यक्रम स्थगित भइरहेको जानकारी पोखराका ट्रेकिङ व्यवसायी सुशील पौडेलले दिए ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ७ : २७ बजे

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क