४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

मोटरसाइकल दुर्घटनामा दुई सशस्त्र प्रहरीको मृत्यु



देउखुरी । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका-३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु ४० प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्युु भएको हो ।

मृत्यु हुनेमा लमही नगरपालिका-१ का लहानु चौधरी र राप्ती गाउँपालिका-६ का सुलेश चौधरी रहेका छन् । दुर्घटनामा परी लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिए ।

मृतकद्वय लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएका र डिउटी सकाएर गणमा फर्किने क्रममा दुर्घटनामा परेका उहाँले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेकोे बताइएको छ ।

 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ९ : ०० बजे

आइसिसी क्रिकेट विश्वकप लिग-२ : स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक

जेनजी आन्दोलनमा जलेका लालपुर्जाको श्रेष्ता कायम गर्न सास्ती खेप्दै सेवाग्राही

नेपालगन्ज । गत सालको भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा

विषादीको विकल्पमा ‘जैविक झोल’

म्याग्दी । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

मुस्ताङ । यहाँको नेपाल-चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस