२ पुस २०८२, बुधबार | December 17, 2025

७० हजार फछ्र्यौट नहुदाँ काठमाडौं–२ का उम्मेदवार श्रेष्ठबिरुद्ध उजुरी



काठमाडौं । काठमाडौँ–२ प्रदेशसभा (२) का नेकपा एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठविरुद्ध उजुरी परेको छ।

श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा गैरकानुनी लिएको रकमलाई महालेखाले बेरुजुका रुपमा औल्याउँदै फिर्ता गर्न निर्देशन दिएपनि नगरेको भन्दै श्रेष्ठको उम्मेदवारी नै खारेजीको माग गर्दै उजुरी परेको हो।

उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका भरतप्रसाद फुयालले उजुरी दर्ता गरेका हुन्। आइतबार दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिन निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय दिएको थियो।

काठमाडौँ २ की निर्वाचन अधिकृत बिमला रेग्मीका अनुसार उजुरी उपर भोलिसम्म छानबिन गरेर निर्णय लिइनेछ । ‘उहाँले यसअघि नै बेरुजु फछ्र्यौट गरेको निस्सा ल्याउनुभयो भने उजुरी खारेज हुन्छ, अन्यथा उम्मेदवारीबारे कानुन बमोजिम निर्णय गर्छौ।’

निर्वाचन आचारसंहिता २०७९ मा उम्मेदवार हुनु अघि कुनै पनि व्यक्तिले बेरुजु भए त्यसको फछ्र्यौट गर्नु पर्ने उल्लेख गरेको छ। फछ्र्यौट नगरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ तथा आचार संहिताको दफा ४६ बमोजिम उम्मेदवारी नै खारेज हुने कानुनी व्यवस्था रहेको बिषयलाई पनि उजुरीकर्ताले स्मरण गराएका छन् ।

श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा आर्थिक वर्ष २०७६र७७ मा कोरोना महामारी नियन्त्रण गर्ने नाममा ७० हजार ६१८ रुपैयाँ भत्ता लिएको महालेखाको वार्षिक प्रतिवेदनमा औंल्याइएको उजुरीमा उल्लेख छ।

उक्त भत्ता बागमती प्रदेश सरकारद्धारा जारी गरिएको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्वन्धी ऐन २०७५ विपरीत रहेको भन्दै उजुरी परेको हो।

काठमाडौँ २ मा यो बाहेक अरु कुनै पनि उजुरी परेको छैन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : ४२ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन