२९ चैत्र २०८२, आइतबार | April 12, 2026

ब्राउनसुगर नेपाल भित्राउँदै गरेका खजुराका सिमोन र ललित सहित ४ जना पक्राउ



बर्दिया । बर्दिया प्रहरीले ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाहाबाट उनीहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको भे ८ प ३८०९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चार ग्राम सात सय मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

चेकजाँचका क्रममा बाँकेको खजुरा गाउँपालिका–४ बस्ने सिमोन विक र ललित भुजेल पक्राउ परेका थिए । सोधपुछ गर्दा उनीहरूले खजुरा गाउँपालिका–१ बस्ने भानु सिग्देल र नेपालगन्ज उपमहानगरपालिका–४ बस्ने राजेश विकका लागि लागूऔषध ओसारपसार गरेको पत्ता लागेपछि चारैजना पक्राउ परेका हुन् ।

पक्राउ परेका चारैजनालाई बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहोराले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ८ : ३१ बजे

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग