४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

लागूऔषध कारोबारमा तीन भारतीय नागरिकसहित चार पक्राउ



भरतपुर । लागूऔषधको कारोबारमा तीन जना भारतीय नागरिकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भरतपुरबाट उनीहरूलाई भारतीय कारसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको बिहारका ३८ वर्षीय सुनिल कुमार, १९ वर्षीय विकास कुमार, ५० वर्षीय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका-१९ की ३५ वर्षीया प्रतिमा मण्डल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरूलाई शुक्रबार भरतपुर बसपार्क चोकबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुको साथबाट एक हजार एम्पुल डाइजेपाम, एक हजार एम्पुल व्युप्रिनर्फिन, फेनारगन एक हजार एम्पुल र एक सय ४० मिलीग्राम खैरो हेरोइन फेला परेको उनले बताए ।

यससँगै चार वटा मोबाइल, डिएल सात सिएम १५७६ नंको भारतीय कारसमेत बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ९ : ४३ बजे

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमार्डौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपालद्वारा स्कटल्याण्डमाथि ६ विकेटको शानदार जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डलाई ६ विकेटले

पहिरोका कारण मध्यपहाडी लोकमार्गको लमजुङ खण्ड अवरुद्ध

काठमाडौं । बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गको लमजुङ

कोरला नाकामा डिप बोरिङ प्रविधिबाट खानेपानी

मुस्ताङ । उत्तरी कोरलानाकामा डिप बोरिङ प्रविधिमार्फत खानेपानी निकालिएको छ

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौं । चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको