भरतपुर । लागूऔषधको कारोबारमा तीन जना भारतीय नागरिकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भरतपुरबाट उनीहरूलाई भारतीय कारसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको बिहारका ३८ वर्षीय सुनिल कुमार, १९ वर्षीय विकास कुमार, ५० वर्षीय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका-१९ की ३५ वर्षीया प्रतिमा मण्डल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरूलाई शुक्रबार भरतपुर बसपार्क चोकबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुको साथबाट एक हजार एम्पुल डाइजेपाम, एक हजार एम्पुल व्युप्रिनर्फिन, फेनारगन एक हजार एम्पुल र एक सय ४० मिलीग्राम खैरो हेरोइन फेला परेको उनले बताए ।
यससँगै चार वटा मोबाइल, डिएल सात सिएम १५७६ नंको भारतीय कारसमेत बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया