४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

यौन दुर्व्यवहारको आरोपपछि टेलिभिजन पत्रकारले दिए राजीनामा



न्युजिल्याण्ड। यौन दुर्व्यवहारको आरोपपछि न्युजिल्यान्डका एक टेलिभिजन पत्रकारले पदबाट राजीनामा दिएका छन् । वरिष्ठ टेलिभिजन पत्रकार कमहल सान्तामारियाले यौन उत्पीडन र कार्यस्थलमा अनुपयुक्त व्यवहारको आरोप लागेपछि न्युजिल्यान्डको लोकप्रिय समाचार च्यानल टिभिएनजेडबाट आफ्नो पदबाट राजीनामा दिएका छन् ।

यसअघि अल जजीरामा प्रेजेन्टरको रूपमा काम गरिसकेका सान्तामारियालाई सहकर्मीहरूलाई अनुपयुक्त सन्देश पठाउने र धेरै अवसरहरूमा महिलाहरूलाई उत्पीडन गरेको आरोप लगाइएको थियो । उनको राजीनामापछि उनलाई टीभीएनजेडमा काममा राख्न जिम्मेवार समाचार प्रमुखले पनि राजीनामा दिएका छन् ।

न्युजिल्याण्डमा पत्रकारको रूपमा आफ्नो क्यारियर सुरु गरेका सन्तामारिया अल जजीराका लागि एक लोकप्रिय व्यक्तित्व थिए किनभने उनले २०२० संयुक्त राज्य अमेरिकाको चुनावको पछिल्लो समयका वर्षहरूमा प्रमुख घटनाहरू कभर गरेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ८ : ४२ बजे

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या वृद्धि

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि

प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मको लागि स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी

पटना । बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्याङ्कीभित्र एक