१६ माघ २०८२, शुक्रबार | January 30, 2026

निर्वाचनका बेला नेपाल-भारत सीमा ७२ घण्टा सिल गरिने



महेन्द्रनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गरिने भएको छ ।

भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा बिहीबार सम्पन्न नेपाल-भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए ।

कैलाली-कञ्चनपुरका प्रशासन तथा सुरक्षा निकायका प्रमुख र भारतीय अधिकारीहरू बीच छलफल भएको थियो । उनका अनुसार बैठकमा सीमा नाकामा हुने आपराधिक गतिविधि हुन नदिन आ-आफ्नो क्षेत्रमा सुरक्षा निगरानी बढाउने सहमति भएको छ ।

‘बैठकमा निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सीमा नाका सिल गर्ने सहमति भएको छ’, उनले भने, ‘निर्वाचन प्रभावित हुने गतिविधि हुन नदिन सीमा नाकामा सुरक्षा निगरानी बढाउने समझदारी भएको छ ।’

उनले पश्चिमी सीमा नाका गड्डाचौकीमा नेपालीहरूमाथि दुर्व्यवहार हुने गुनासो आएकाले यस विषयमा पनि भारतीय सुरक्षा अधिकारीसमक्ष नाकामा मैत्रीपूर्ण व्यवहारको वातावरण बनाउन आग्रह गरिएको बताए ।

‘नाकामा हुने काठ तस्करी, चोरी निकासी र आपराधिक गतिविधि नियन्त्रण गर्ने कुरामा एकआपसमा सहयोग गर्ने कुरामा पनि बैठकमा सहमति भएको छ’, उनले भने, ‘हुलाकी राजमार्ग निर्माणमा पनि अवरोध आएकाले सम्बन्धित स्थानीय अधिकारीहरूले स्थलगत अवलोकन गरेर सहजीकरण गर्ने विषयमा छलफल भएको छ ।’

स्थानीयस्तरका समस्या समाधान र अपराध नियन्त्रणका लागि हरेक तीन/तीन महिनामा नेपाल-भारत संयुक्त बैठक हुँदै आएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ६ : ५२ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र