४ चैत्र २०८२, बुधबार | March 18, 2026

बुटवल र पोखरामा आज सत्ता गठबन्धनको प्रदेशस्तरीय चुनावी प्रशिक्षण



काठमाडौं । सत्तारुढ गठबन्धनले आज लुम्बिनी र गण्डकीमा संयुक्त चुनावी प्रशिक्षण गर्दैछन् ।

गठबन्धनमा आबद्ध तीन दलले चुनावी अभियान तीव्र पार्ने क्रममा आज दुई प्रदेशमा प्रशिक्षण गर्न लागेका हुन् ।

प्रशिक्षण कार्यक्रमलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

प्रशिक्षणमा भाग लिन दुवै प्रदेशका गठबन्धनका नेताहरु बुटवल र पोखरामा उपस्थित भएका छन् । प्रशिक्षणमा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटी र जिल्ला कमिटिका पदाधिकारीहरु सहभागि हुँदैछन् ।

लुम्बिनी स्तरीयप्रदेश प्रशिक्षण दिउँसो २ बजेबाट योगीकुटीस्थित होटल पौवामा हुँदैछ । लुम्बिनीमा प्रशिक्षण दिनुअघि शीर्ष नेताहरुले पोखरामा गण्डकी पोखरामा प्रशिक्षण दिने कार्यक्रम रहेको छ । पोखरामा बिहान ११ बजेबाट प्रशिक्षण कार्यक्रम सुरु हुने बताइएको छ ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : ०० बजे

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत