१७ बैशाख २०८१, सोमबार | April 29, 2024

नेसपाको घोषणापत्र सार्वजनिक : प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली, भ्रष्टाचाररहित सरकार (पूर्णपाठसहित)

‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’ मूल नारा



काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

प्रतिबद्धतापत्र नाम दिइएको घोषणापत्रमा नेपाल समाजवादीले ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’लाई मूल नाराको रुपमा अघि सारेको छ ।
नेसपाले हालको निर्वाचन प्रणाली र शासकीय त्रुटिपूर्ण रहेको दाबी गरेको छ । यो त्रुटि नसच्चाएसम्म राजनीतिक स्थिरता, सुशासन र समृद्धि सम्भव नहुने घोषणापत्रमा उल्लेख गरिएको छ ।

आइतबार सावैजनिक गरेको चुनावी घोषणापत्रमा १२ वटा प्रतिबद्धता जनाइएको छ । जसमा नयाँ रोजगारी, स्थिर सरकार सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीलाई समेटिएको छ ।

यसैगरी भ्रष्टाचारलाई जरैबाट समाप्त गर्न पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई पनि नेपाल समाजवादीले आफ्नो एजेण्डा प्रस्तुत गरेको छ ।

सस्तो र भरपर्दोे स्वास्थ्य सेवा, सरकारी विद्यालयबाटै प्रविधि र व्यावहारिक सीपयुक्त शिक्षा उपलब्ध गराउने उल्लेखख गरिएको घोषणापत्रमा हरियो, सफा र खुल्ला सहर बनाउने एजेण्डा सो पार्टीले समेटेको छ ।

सबैको राम्रो स्वास्थ्य, जनता केन्द्रित आर्थिक विकास, सबैलाई विश्वस्तरीय शिक्षा, व्यक्तिगत स्वतन्त्रता, भ्रष्टाचाररहित सरकार, चुस्त सेवा दिने सरकार, सामाजिक न्यायरसमानता र वातावरणमैत्री जीवनशैलीलाई मुख्य बुँदा समेटेर घोषणापत्र सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : १२ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।