१७ बैशाख २०८१, सोमबार | April 29, 2024

नेसपाको राजनीतिक समिति बैठक बस्दै



काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समितिको बैठक आइतबार बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सुविधानगर, तीनकुनेमा बिहान ११ बजेदेखि बैठक सुरु हुने सो पार्टीले जानकारी दिएको छ ।

बैठकमा लामो समयदेखि छलफलमा रहेको पार्टी एकता लगायत विषयमा मुख्य रुपमा छलफल हुने बताइएको छ । समाजवादी धारको नेतृत्व गर्ने गरी विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।

बैठकबाट एकताका लागि संवाद समिति पनि गठन हुने बताइएको छ ।

समाजवादी ध्रुवीकरणको विषय, पार्टीको संगठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समीक्षा, समसामयिक राजनीतिक विषय, आगामी रणनीति लगायत अजेण्डाहरुमाथि पनि बैठकमा छलफल हुने पाण्डेले बताए ।

शनिबार मात्रै नेकपा (माओवादी केन्द्र)ले वार्ता टोली गठन गरेको थियो । बृहत् वाम एकताको लागि पहल गर्न भनेर गठन गरिएको वार्ता टोलीमा कृष्णबहादुर महरा, देव गुरूङ, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत छन् ।

माओवादी केन्द्र र नेसपा गत चुनावमा एउटै चिह्नबाट प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : १६ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।