१३ असार २०८३, शनिबार | June 28, 2026

बाँके-३ : घरदैलो संगै विकासको एजेण्डामा अन्तरक्रिया गर्दै कक्षपति र ओली



खजुरा । बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका किस्मतकुमार कक्षपति र ३ प्रदेश ख का उम्मेदवार भीमबहादुर ओलीले आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारलाई तिब्र पारेका छन् । निरन्तर जनभेटघाटमा रहेका उनीहरुले घरदैलो संगै विकासका सम्भावना र त्यसलाई आवश्यक पर्ने पूर्वाधारकाम विषयमा अन्तरक्रिया पनि गर्र्ने गरेका छन् ।

विभिन्न टोलमा स्थानीयसंग अन्तरक्रिया र घरदैलो गर्दा उम्मेदवार द्वय कक्षपति र ओलीले स्थानीयका समस्या सुन्ने र आफुले ५ वर्षमा गर्न सक्ने कामका बारेमा प्रतिवद्धता व्यक्त गर्दै आएको एमाले प्रचार कार्यालय बाँकेले जनाएको छ । एमाले बाँकेका अनुसार घरदैलोकै क्रममा आज क्षेत्र नं. ३ अन्तरगत खजुरा गाउँपालिका वडा नं. ३ को क गाउँ, बि गाउँ र धौलागिरीमा अन्तरक्रिया गरेका छन् ।

स्थानीयसंगको भेटघाटमा प्रतिनिधिसभा उम्मेदवार कक्षपतिले आफुहरु काममा विश्वास गर्ने भन्दै काम गर्नैकै निम्ति जनप्रतिनिधि हुन लागेको बताए । उनले आफ्नो क्षेत्रमा पर्ने १४ वडाका जनतासंग भेटघाट र समस्याहरु ग्रहण गर्दै आइरहेको र प्राथमिकीकरण गर्दै आफु सफल भएपछि समाधान गर्दै जाने बताए । उनले जनताको शीर झुक्ने काम आफुले कदापी नगर्ने प्रतिवद्धता पनि जनाए ।

क्षेत्र नं. ३ प्रदेश ख का उम्मेदवार ओलीले क्षेत्र नं. ३ मा प्रतिनिधिसभा निर्वाचनमा पाहुना उम्मेदवार आएको भन्दै ती पाहुना मंसिर ४ सम्मका लागि मात्र भएको बताए । ही माटोमा लुडीबुडी गरेका संगै सुत्दा उठबस गर्दा कहिलेकाहीँ लात्तीले छोयो होला, तर मर्दाको मलामी जिउँदाको जन्ती हामी हो ।’ उनले भने ।

उम्मेदवार ओलीले आफ्नो प्रतिस्पर्धी २ पटक संघमा परीक्षण भइसकेको र अहिले अपहरण घटनामा आरोप लागेकाले उनी सफाई दिन अदालत जानु पर्ने हुँदा जनताको घरदैलोमा विकास र समस्या बुझ्न आफुहरु नै भएको दाबी गरे । आफुलाई जति घोटे पनि दाग ननिस्कने भन्दै उम्मेदवार ओलीले मनैदेखि समर्पण भएर लागेकोले जनताको साथ रहने पनि विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १ : ५६ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट